९३ हजार अमेरिकी डलरसहित नेपाल एयरलाइन्सका क्याप्टेन पक्राउ !

काठमाडौ २०७३ चैत २८ । आईतवार राति नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवा ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । हातेझोलामा लुकाईछिपाई लान लागेको अवस्थामा उक्त अमेरिकन डलर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रबउ छविलाल जोशीले बताए ।

क्याप्टेन अवालेलाई प्रहरीले राति साढे २ बजे गौशाला प्रहरीमा ल्याइ बिहान पुन थप अनुसन्धानका लागि एयरपोर्ट नै लगेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *