Menu

ताराखोलमा नया वर्ष २०७४ तथा नाङ्गी मेलाको तयारी अन्तिम चरणमा !

खगेन्द्र विश्वकर्मा, २०७३ चैत २८ । नयाँ बर्ष २०७४ को पावन अवसरमा जुल्फे युवा क्लब ताराखोला गाँउपालिका ५ नाङ्गीको मेला तथा मोटरबाटो उद्घाटन तयारी अन्तिम पुगेको क्लबका अध्यक्ष नारायण घर्तीले बताए । खेदकुद कला संस्कृतिको संमृद्धी हाम्रो शान ताराखोला गाँउपालिकाको पहिचान भन्ने मुल नाराका साथमा गाँउमा रहेको विभिन्न कलासंस्कृतिको सम्वृद्धी र व्यक्तित्व विकास गर्ने उद्धेश्यले यही चैत्र २९ गते देखी बैशाख १ गते सम्म विभिन्न कार्यक्रमका गर्ने भएको छ ।

क्लबले साविक तारा गाविस भित्रको भलिवल प्रतियोगिता ,महिला भलिवल प्रतियोता ,धनुषवाण प्रतियोगिता, लाठोतान, नृत्य, सटफुट, बेलुनफाईट लगाएतका प्रतियोगिताहरु आयोजना गरेको र त्यसको सम्पुर्ण तयारी भै सकेको क्लबका सचिव लोक बहादुर रोकाले जानकारी दिए ।

क्लवले नयाँ बर्ष २०७४ को अवसरमा औपचारिक उद्घाटनको जनयुद्धका शहिदहरु लालबहादुर घर्ती, दिलनारायण रोका, लक्ष्मी विक र बेपत्ता बाजिन्द्र घर्तीको नाममा घुम्टी नामाकरण गरिने क्लवले जानकारी दिएको छ । औपचारिक उद्घाटन तथा मुलसमारोहका दिन नेकपमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक चन्द्र बहादुर बुढामगर सागर , अखिल क्रान्तिकारीका केन्द्रिय उपाअध्यक्ष दिवश खत्री पदम, लेखक तथा विश्लेषक दिल निशानी मगरको आतिथ्यतामा रहने बताईएको छ ।

चर्चिक कलाकार तथा लोक गायक विष्णु खत्री, संचारकर्मी तथा कलाकार खगेन्द्र विश्वकर्मा, सर्जक तथा मोडल ईश्वर बावु विश्वकर्मा साथमा जुल्फे साँस्कृतिक नाट्य समुह र स्थानीय पन्चेबाजा र मगर मारुनी नाँच लगातको सांङगीतिक कार्यक्रम हुने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *