Menu

माओवादी केन्द्रको ताराखोला गाँउपालिका एकता भेला आज !

खगेन्द्र विश्वकर्मा गल्कोट २०७३ चैत २८ । नेकपा माओवादी केन्द्र अन्तरगत ताराखोला गाँउपालिकाको एकता भेला चैत २८ गते सोमवार ताराखोला गाँउपालिका ४ तारा गाँउमा हुने भएको छ । भेलाको तयारी अन्तिम पुगेको सम्मेलन आयोजक समितिका ईन्चार्ज धनबहादुर विक हिमालले जानकारी दिए ।
कार्यक्रममा ताराखोला गाउपालिका अन्तरगत अमरभुमी, अर्गल, हिल, तारा कार्यकर्ताहरुको ठुलो संङख्यामा सहभागीता रहने आयोजक समितिका दिवश खत्री पदमले बताए । सम्मेलनको तयारीको क्रम र चुनावी माहोलमा कार्यता भेटघाटको क्रममा अमरभुमीमा अखिल क्रान्तिकारीका केन्दीय उपाअध्यक्ष दिवश खत्री पदमले भुस्कात र माझखर्कमा कार्यकर्ता भेटघात यसै गरि हिल पधेरा खोला, बराहखोला, हिलगाँउ, सादी,घुस्मेलि,काँक्राखोर लगाएतको कार्यकर्ता तथा जनता संग माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा जिल्ला सह संयोजक प्रकाश घर्ती भेटघाटमा रहेको र अर्गलमा खड्क विक सौजन्य र तारामा धनबहादुर खत्री राजन र नेरेश केसी जनसम्र्पकमा रहेर सम्मेलनको तयारी तथा कार्यक्रता भेटघाट गरेको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ताराखोला गाँउपालिका एकटा भेलाका संयोजक धनबहादुर विक हिमाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *