Menu

कालिका मन्दिरमा चैते दशैमा रु १७ लाख ५५ हजार भेटी संकलन !

बागलुङ २०७३ चैत २८ । प्रशिद्ध बागलुङ कालिका मन्दिरमा चैते दशैंका अवसरमा रु १७ लाख ५४ हजार भेटी संकलन भएको छ । चैत्रशुक्ल अष्टमी पर्वमा १७ लाख ५४ हजार ९ सय ५३ रुपैयां संकलन भएको गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

चैत्र शुक्ल नवरात्रको अवधिमा भेटी ८ लाख ४९ हजार ३ सय रुपैयां, परेवा विक्रि १ हजार ४ सय २१ जोडी बाट ५ लाख ६८ हजार ४ सय रुपैयां, बोका मुड विक्रि ३ सय ६१ बाट २ लाख ६० हजार २ सय ६० रुपैयां, रांगो मुढ विक्रि १२ बाट ८ हजार ५ सय ३० रुपैयां, कुखुरा मुढ विक्रि ८ सय २ बाट ३६ हजार ७० रुपैयां, चामल विक्री १ सय ३० पाथिबाट ३६ हजार रुपैयां, तेल विक्रि ६९ पोकाबाट ३ हजार ४ सय ५० रुपैयां तथा आर्थिक सहयोग २ हजार ३ सय ४३ रुपैयां जम्मा गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *