Menu

टेलिकम बागलुङका प्रमुखलाई मल्ममा स्वागत:4G सञ्चालन गर्ने योजना !

थम्मन थापा सन्देश, गल्कोट २०७३ चैत २८ । केशव शर्मालाई गल्कोट नगरपालिका-७ मल्ममा आईतवार स्वागत गरिएको छ ।

स्वागत कार्यक्रममा बोल्दै टेलिकम प्रमुख शर्माले नेपाल टेलिकमले अहिले बागलुङ जिल्ला सॅगै धौलागिरीमा 2G को स्तरोन्नति सॅगै अत्याधुनिक प्रविधिको 3G सेवा अधिकांश स्थानमा पुराउन लागिएको जानकारी दिए । साथै निकट भविष्यमा 4G सञ्चालन गर्ने योजना समेत रहेको उनले बताए ।

शर्मा गत चैत १ गते नेपाल टेलिकम बागलुङमा प्रमुखको रुपमा आएका हुन् । साथै नेपाल टेलिकमले गलकोट क्षेत्रमा गुणस्तरिय नेटवर्क बनाउनको थाना, हटिया र हरिचौर, रिघामा 2G को अपग्रेड र तीव्र गतिको ईन्टरनेट प्रदान गर्ने 3G जडान गरेका टावरहरु मल्म, काँडेबास, पाण्डवखानी, अर्गलमा सेवा सञ्चालनमा ल्याएको छ ।

अब नमस्ते मोवाईल प्रयोगकर्ताले सस्तो दरमा ईन्टरनेट चलाउन *1415# डायल गरि आफुले चाहेको प्याक खरिद गर्न सकिने टेलिकम बागलुङले जनाएको छ । आईफोनमा देखिएको नेटवर्क सिग्नल समस्यालाई मध्यनजर गर्दै ३ पत्ति नयाँ सिमकार्ड उपलब्ध गराईएको नेपाल टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *