बोवाङमा सन्चालित एक दिने एकीकृत घुम्ती शिविरमा ७१ जनालाई नागरिकता वितरण !

छविलाल पाण्डे, बुर्तिवाङ २०७३ चैत २७ । जिल्ला प्रशासन कार्यालय बागलुङ तथा जिल्लाका बिषयगत कार्यालयको आयोजनमा ढोरपाटन नगरपालिकाको बोबाङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

शिविरको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले दुर्गम गाउँका नागरिकलाई गाउँकै पायक पर्ने स्थानबाट सेवा दिने उदेश्यले शिविर आयोजना गरिएको बताए । उनले स्थानिय तहको व्यवहारिक कार्यान्वयनसँगै गाउँटोल नजिकैको कार्यालयबाट धेरै सेवा प्राप्त गर्नसकिने उल्लेख गरेका थिए ।

शिविरमा जिल्ला प्रशासन कार्यालयाट नागरिकता प्रदान, महिला तथा बालकालिका कार्यालयबाट ज्यष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचय पत्र प्रदान, स्वास्थ्य कार्यालयबाट निशुल्क स्वास्थ्य शिविर सहित कृषिकार्यालय तथा पशुसेवा कार्यालयसँग सम्बन्धित सेवा दिर्ईको थियो ।

शिविरबाट ७१ जनालाई नागरिकता प्रदान गरिएको छ । जिल्ला पशुसेवा कार्यालय मार्फत १ सय ९२ कृषकका ३ हजार ३ सय ५५ पशुको उपचार तथा औषधि प्रदान गरिएको छ ।

शिविरबाट ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचय पत्र, निशुल्क स्वास्थ्य जाँच र उपचार तथा कृषि कार्यालय तर्फको सेवा पनि प्रवाह गरिएको थियो ।

संयुक्त टोलीमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, स्थानिय विकास अधिकारी रामप्रसाद अचार्य, जिल्ला प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा गोपाल गिरी, महिला तथा बालबालिका कार्यालयका प्रमुख सीता अधिकारी, राष्ट्रिय अनुसन्धान बिभागका नायब उपरीक्षक सुशिल महत, एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापा लगायतका अधिकारी सहभागी थिए ।

प्रमुख जिल्ला अधिकारी सहितको टोली तिब्बती शरणार्थीको परिचयपत्र नविकरणका लागि आज ढोरपाटन प्रस्थान गरेको छ । सोमवार ढोरपाटनमा बसोबास गर्दै आएका तिव्वती शरणार्थीको परिचयपत्र नविकरण गर्ने कार्यक्रम छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *