विभिन्न सवारी दुर्घटनामा मृत्यु

काठमाडौं , २०७३ चैत २७ । धादिङ निलकण्ठ नगरपालिका–४ ईजार स्थित कटुन्जे, भ¥याङ भुरुङबाट धादिङबेशीतर्फ आउँदै गरेको बा ६९ प ३९२५ नंबरको मोटरसाइकल शनिबार आफै अनियन्त्रित भई सडकबाट अंदाजी १० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने सजिना गुरुङ र निजको ४ बर्षीय छोरा अमन गुरुङ घाईते भई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा अमन गुरुङको मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मकवानपुरको मनहरी गाँउपालिका–९ ज्यामिरे स्थित पुर्वपश्चिम राजमार्गमा चितवनबाट हेटौडातर्फ जादै गरेको ना ६ ख ६५६१ नंबरको कन्टेनर ट्रकले शनिबार बिपरित दिशाबाट आँउदै गरेको भारतीय नम्वर प्लेटको कारलाई ठक्कर दिंदा कार चालक भारत मजखपुर बस्ने ३९ बर्षीय नितेश कुमार, भारत सितामणी घर भएका ३७ बर्षीय संजिप कुमार र ३५ बर्षीय सन्तोष कुमार समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा भारत सितामणी घर भएका ५२ बर्षीय राजिव कुमार शर्मा गम्भिर घाईते भएकोले उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको छ । दुवै सवारी साधन र कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता नुवाकोटको ककनी गाँउपालिका–४ हाकुले स्थित पासाङ ल्हामु राजमार्गको त्रिशुली–ककनी सडक खण्डमा बेलकोटबाट काठमाडौतर्फ कुखुरा बोकेर जाँदै गरेको बा २ ख ४२५१ नम्वरको ट्रक आइतबार अनियन्त्रित भई सडकबाट अंदाजी २ सय मिटर तल खस्न जाँदा ट्रक धनि बेलकोटगढी नगरपालिका–२ बस्ने २७ बर्षीय सुधन न्यौपाने र ट्रक चालक २४ बर्षीय मच्छिन्द्र पुडासैनी समेत २ जनाको घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाईते भएका ट्रकमा सवार बेलकोटगढी नगरपालिका–२ कुमरी बस्ने २५ बर्षीय राममणी न्यौपाने र २३ बर्षीय श्रीकृष्ण न्यौपानेलाई उपचारको लागि वीर अस्पताल काठमाडौ लगिएको छ ।

दक्षिण पर्वतको बिहादी गाउँपालिका वाड नम्बर २ वर्राचौरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ध १ त ३५३ नम्बरको ट्याक्टर शनिवार विहान दुर्घटना भएको हो । दुर्घटनामा परी बिहादी गाउँपालिका २ वराचौर रासकोट निवासी शिवबहादुर नेपालीको मृत्युको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कच्ची सडकमा तीव्र गतिमा गुडेको ट्याक्टर नियन्त्रण भन्दा बाहिर गरेकोले दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा वालिङ स्वास्थ चौकीमा शनिवार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *