एमालेको अडानका कारण मुलुकको राष्ट्रियता संकटमा पर्नबाट जोगियो- शर्मा

रेशमा एमालेको ३ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन

बागलुङ, २०७३ चैत २७ । नेकपा एमाले काठेखोला गाउँपालिका वडा नंं ७ संगठन कमिटिले शनिवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माले एमालेको अडानका कारण मुलुकको राष्ट्रियता संकटमा पर्नबाट जोगिएको दावी गरेका छन् ।

संविधान संशोधनका नाममा राष्ट्रियतालाई कमजोर बनाउन भएका धेरै प्रयासहरुको एमालेले प्रतिवाद गरेका कारण राष्ट्रियता संकटमा पर्नबाट जोगिएको भन्दै उनले अझै पनि मुलुकलाई कमजोर बनाउने ढंगका गतिविधि भैरहको बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसीले मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि आगामी निर्वाचनमा एमालेका उमेदवारलाई विजयी बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिका संगठन कमिटिका सहसंयोजक अञ्जु जिसी हुमा, जिल्ला सदस्य प्रेम लामिछाने, पूर्व जिल्ला सदस्यहरु हरिबहादुर कार्की र भीमबहादुर थापा, क्षेत्रीय अध्यक्ष डीलबहादुर कार्की, क्षेत्रीय सचिवालय सदस्य हरिबहादुर कुँवर, रेश नुन्थला उच्च माविका पूर्व प्रधानाध्यापक ओमप्रसाद थापा, पूर्व इलाका कमिटिका सचिव थानेन्द्रप्रसाद गौतम, नेकपा एमाले रेशका पूर्व अध्यक्ष थम्मनबहादुर जिसी, उत्पीडित जातीय मुक्ति समाजका भद्रविर विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम वडा संगठन कमिटिका अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षता, सचिव भूमिराज गौतमको सञ्चालन र शारदा थापाको स्वागतमा सम्पन्न भएको थियो ।

भेलाले नेकपा एमाले वडा नं. ७ का अध्यक्ष कृष्णबहादुर कार्कीको संयोजकत्वमा ३ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गर्नुका साथै निर्वाचन सम्बन्धी योजना निर्माण गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *