Menu

देशको राष्ट्रिय एकतालाई कायम राख्नु अहिलेको मुख्य चुनौती -एमाले सचिव विष्ट

कमल पौडेल बागलुङ खर्वाङ २०७३ चैत २७ । नेकपा एमाले वडिगाड गाउँपालिका वडा नं. २ को वडा कार्यालयको खर्वाङमा एक कार्यक्रम विच शनिवार उद्घाटन गरिएको छ ।

नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले सो कार्यालयको उद्घाटन गर्दै देशको राष्ट्रिय एकतालाई कायम राख्नु अहिलेको मुख्य चुनौती भएको वताए ।

उनले केहि मित्र भनिनेहरुले नै नेपालमा अस्थिरता चाहेको भन्दै एक वर्ष अगाडिको नाकावन्दी नेपालीले भुल्न नसक्ने वताए ।

कार्यक्रममा डुडेवाचौरका मन वहादुर थापा, खर्वाङका फारम थापा, कर्ण वहादुर राना, कालिका पाठक, लगाएत का कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
कार्यक्रम नेकपा एमाले वडिगाड गाउँपालिका २ का अध्यक्ष तथा निर्वाचन परिचालन कमिटिका संयोजक दिन वहादुर केसी विष्णु को अध्यक्षता तथा पूर्व गाउँ कमिटि सचिव आकाश शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *