Menu

सिवाईसीले जिल्लाको शैक्षिक गुणस्तर बृद्धिमा पु-याएको योगदानको प्रशंसा !

छाब्दीबाराही साकोस तनहुको टोलीव्दारा सिवाईसीको स्थलगत अवलोकन

सुमन जि.सी. बागलुङ, २०७३ चैत २७ । छाप्दीवाराही साकोस तनहुको टोलीव्दारा बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङको स्थलगत अवलोकन तथा संस्थाले गरेका गतिविधिहरुको वारेमा छलफल र अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले अध्ययन भ्रमणले गर्दा विभिन्न ठाउँमा रहेका संस्थाहरुले सञ्चालन गरेको नयाँ र नौला क्रियाकलापहरुको वारेमा लिने र अनुभव आदान प्रदान गर्नाले संस्था सञ्चालनमा धैरै फाईदा हुने बताए । मिश्रले सिवाईसीले जिल्लाको शैक्षिक गुणस्तर बृद्धिमा पु¥याएको योगदानको प्रशंसा समेत गरेका थिए ।

अन्तरकृया कार्यक्रममा भ्रमण कार्यक्रमको आशा अपेक्षाको वारेमा छाप्दीवाराही साकोस तनहुका सचिवले जानकारी गराउनु भएको थियो भने बागलुङको सहकारी अभियान तथा सिवाईसी साकोसले गरेका गतिवीधिहरुको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिएका थिए ।

अन्तरकृया कार्यक्रममा छाप्दीवाराही साकोसका अध्यक्ष तिलक चौहानले सिवाईसी साकोसले गरेका कार्यहरुवाट आफुहरु प्रभावित भएको र भ्रमणका लागि आफुहरुको रोजाईमा सहि संस्था परेको अनुभुती भएको बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, ऐक्सेस कार्यदल सदस्य सीता शर्माको स्वागत र लेखा समिति सदस्य संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *