प्रवास: बागलुङ सेवा समाज ओमानव्दारा आयोजित भलिबल प्रतियोगितामा मगर संघ विजयी !

ओमान २०७३ चैत २६ । ूबागलुङको बिकास र आपसी एकता, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ बागलुङ सेवा समाज ओमानले नयाँ वर्षको अवसर पारेर आयोजित अन्तर नेपाली भलिबल प्रतियोगिता (२०१७ अप्रिल ७ शुक्रबारका दिन घोब्रा पावर कम्पनीको खेल मैदानमा सम्पन्न भएको छ ।
दश नेपाली टिमहरुको सहभागीता रहेको सो प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष मेखलाल खनालले गरेका थिए भने सल्लाहाकार दिल प्रसाद पौडेलले खेल सन्चालन गरेका थिए ।

खेल अत्यन्तै रोचक एबं प्रतिस्पर्धात्मक रहेको थियो भने दर्शकहरुको पनि बाक्लो उपस्तिथिती थियो । दस टिमहरु मध्ये फाईनलमा प्रवेश गरेका नेपाल मगर संघ ओमान र ठकुरी समाज ओमानबिच निकै घम्साघम्सी परेको थियो । अन्तमा २१ का बिरुद्द २५ अङ्क प्राप्त गर्दै नेपाल मगर संघ उपाधी जित्न सफल भएको थियो भने उपबिजेता ठकुरी समाजको पनि उत्तिकै उत्कृष्ट प्रदर्शन रह्यो । सोही समाजका सन्तोष मल्ल ठकुरी उत्कृष्ट खेलाडी चयन भएका थिए ।

खेल समाप्तीसंगै आयोजनामा बिभिन्न क्षेत्रबाट स्पोन्सर गर्नुहुने अलमुधिस कम्पनीका तोलाकान्त भट्टराई , प्रेम गुरुङ , मगर संघ ओमान , सुमी गुरुङ कपिल पुन, नाम लाल रसाईली, गिरि प्रसद पौडेल , श्यामलाल कँडेल ,सुरज पोमु लिमु, चित्र थापा मगर लगाएत सबैलाई खादा र कदर पत्र सहित समाजका सल्लाहाकार तथा समाजका अध्यक्ष मेखलाल खननालले सम्मान गरेबम थिए । साथै खेल अबधीभर प्रमुख एम्पाएरको भुमिकामा संलग्न आमन्त्रित हिम गुरुङलाई पनि सम्मानका साथ कदर पत्र प्रदान गरिएको थियो । त्यसैगरी द्वितीय र प्रथम क्रमशः ठकुरी समाज ओमान तथा नेपाल मगर संघ ओमानका खेलाडी हरुला खेल संयोजक राहुल छन्त्यालद्वारा पुरस्कार बितरण गरिएको थियो ।

खेल अबधीभर सहयोग गर्नुहुने नरिस्वर कन्डेल ,तुल्सीराम खनाल, इन्द्रलाल खनाल , गुनाखर खनाल, मित्रलाल खनाल , डम्बर बराईली तथा उपस्थित सबैमा बाग्लुङ सेवा समाजले धन्यवाद ज्ञापन गरेको छ ।

अन्त्यमा कार्यक्रम समापन गर्दै अध्यक्ष खनालले आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग बिना अघि बढ्न नसक्ने बताउदै उपस्थित खेलाडी, संघ(संस्था तथा शुभचिन्तक सबैमा हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *