Menu

गुल्मीमा १९ सय ६७ जनाको आवेदन परेकोमा ८ सय २० जना म्यादी प्रहरी छनौट !

प्रेम सुनार, गुल्मी, २०७३ चैत २५ । यसपाली गुल्मीमा स्थानिय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा आवेदन भर्ने युवा युवतीहरुको घुँईचो देख्दा यो देशको वेरोजगारीको तस्वीर छर्लङ्ग देखिएको थियो ।

कक्षा १२ सम्म पढेका विद्यार्थी र कतिपय कुनै मिडियामा जागिर पाउन नसकेका पत्रकारले समेत म्यादी प्रहरीमा आवेदन भरेको देखियो । एक दिनको लागि खुलेको जागिरमा भारतको चौकीदारी छाडेर आएका र वैदेशिक राजगारमा पुगेर मेडिकल फेल भई तिन महिनामै फर्किएका युवा समेत म्यादी प्रहरीकोे आवेदन भर्ने लाईनमा घण्टौं सम्म उभिएको देखिन्थे ।

कुल १९ सय ६७ जनाको आवेदन परेकोमा जम्मा ८ सय २० जना छनौटमा परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । उनको अनुसार २ सय ६७ जना महिला आवेदनकर्ता मध्ये १ सय ४३ जना महिला छनौट भएका छन् भने १ सय २३ जना वैकल्पीकमा परेका छन् ।

चार पाँच दिन वसेर सदरमुकामको खर्च भारमा परेका युवा युवती छनौट हुन नसकेर निकै निरास चेहरामा फर्केको दृश्यले गरिवी वेरोजगारीको पिडा बुझन् सकिन्थ्यो । विभिन्न राजनैतिक दल , पत्रकार, अन्य निकायका ठुला बडाहरुलाई लौन भन्दिनु प¥यो भन्नेहरुको लर्को पनि उत्तिकै थियो ।
तर यसपाली प्रहरीले स्वतन्त्र रुपमा माददण्ड भन्दा बाहिर नगई छनौट गरेको सरोकारवालाहरुको भनाई छ । दौड, अन्य विद्याको छनौट प्रकृया सेना प्रहरीको भर्ना छनौटमा झै कडा पारिएको थियो ।

दैनिकको त्यो भिड र सेना प्रहरीको जस्तै कडा छनौट प्रकृया देख्दा भर्ना छनौट स्थल चिदीचौर बाहिरबाट नियाल्नेहरुले भन्दै थिए यो त वेरोजागारीको सर्वेक्षण स्थल जस्तै बन्यो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *