Menu

श्राद्ध गर्न नुवाकोटवासी रुरुधाम क्षेत्रको रिडीमा

प्रेम सुनार, गुल्मी २०७३ चैत २५ । देशका चारधाम मध्ये एक धाम मानिने रुरुधाम क्षेत्रको रिडीमा नुवाकोट सम्मका हिन्दु धर्मालम्वीहरु तिर्थ यात्रामा आउने गरेका छन् । नुवाकोटको विदुर नगरपालिका देखि आएका रिमाल बन्धुरु, पौड्याल बन्धु लगायतका तिथी यात्रीहरु पचासौ जनाको सख्यामा आएका थिए ।

विदुर नगरपालिकाका धनप्रसाद रिमाल , हरिहरप्रसाद रिमाल लगायतका पाका व्यक्तिहरुले टेलिभिजनमा देखेर सुनेर पहिलो पटक गुल्मी, पाल्पा र स्याङ्गाजा सहित तिन जिल्लाको संगम स्थल कालिगण्डीकी नदि किनारमा स्नान गर्न र पितृ मोचन गर्न आएको वताए ।

‘टेलिभिजन र अनलाईनहरुमा देखेर तिन जिल्लाको संगम स्थल कालिगण्डकी नदि किनारमा पितृ तर्पण गरे पितृहरुको मोचन हुन्छ भन्ने थाह पाएर पितृ तर्पण दिन आएका हौं, रिमाल बन्धुहरुले भने–‘ टिभिमा देखे भन्दा पनि निकै सुन्दर स्थान समेत रहेछ । ’

त्यहाँ तिर्थ गर्न भारत लगायत देशको अन्य जिल्लाहरुबाट आई रहने ऋषिकेश पुजा व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *