जनचेतना मुलक प्रभातफेरी सहित बागलुङमा विद्युतीय सुरक्षा दिवस मनाइयो !

बिक्रम सुनार, बागलुङ, २०७३ चैत्र २५ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण विद्युतीय सुरक्षा दिवस विविध कार्यक्रम गरि मनाइएको छ । “विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायति उपभोग–देशको सम्वृद्धिमा सहयोग” भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

विद्युत कार्यालयबाट निस्केको जनचेतना मुलक प्रभातफेरी बागलुङको समिक्षालयचोक, हल्लनचोक, लोकतान्त्रिकचोक, अस्पताल मार्ग, ट्राफिक चोक हुँदै कार्यालयमा पुगि मुल समारोहमा परिणत भएको थियो ।

मुल समारोहमा बोल्दै नेपाल विद्युत प्राधिकरण बागलुङका इन्जिनियर सदाम बालाले विद्युत आफैमा हानिकारक नहुने तर विद्युतीय उपकरण तथा विद्युतीय शक्ति वरीपरि हुने लापरवाही जस्ता कार्यले विभिन्न दुर्घटना हुने भएकाले कर्मचारी लगायत सम्पुर्णलाई सचेत रहन आग्रह गरेका थिए । साथै एक सुरक्षित कार्यस्थल र वातावरण सधै सम्भावित विद्युत खतराहरुको नियन्त्रण गर्न पर्याप्त नहुने भएकाले यसको लागि आफैले सावधानी अपनाउनुपर्ने र सुरक्षित तरिकाले कार्य गर्नुपर्नेमा जोडदिए ।

सोही अवसरमा नेपाल विद्युत प्राधिकरण बागलुङका सुपरभाइजर हरि सुनारले विद्युतको किफायति प्रयोग, चुहावट नियन्त्रण तथा विद्युत वचत गरि लोडसेडिङ सदाका लागि अन्त्य गर्न तर्फ सर्वसाधरणको महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा विद्युतको चोरी, सुरक्षा सामग्रीको उचित प्रयोग नगर्दा, विजुलीको तार मुनि भवन तथा अन्य संरचना निर्माण गर्दा , अदक्ष प्राविधिकहरुबाट गरिएको विद्युत जडान तथा वायरिङमा जुन सुकै बेला दुर्घटना भएकाले सचेत रहन समेत आग्रह गराएको छ ।

साथै जिल्लाको विद्युत संरचनामा देखिएका समस्यालाई सम्वन्धीत विद्युत कार्यलय तथा कार्यलयको नोलाइटमा खवर तथा सम्पर्क गर्न समेत नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले आग्रह गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *