Menu

ताराखोलामा प्रेस सेन्टरका डेढ दर्जन पत्रकार !

पूर्णभद्र निउरेको अध्यक्षतामा १७ सदस्यीय प्रेस सेन्टर नेपाल ताराखोला गठन !

गल्कोट ,२०७३ चैत २५ । ताराखोला गाउँपालिकाभित्रका प्रेस सेन्टर संग निकट सन्चार कर्मीहरुको भेला आज ताराखोला सम्पन्न भयको छ ।

भेलाले पूर्णभद्र निउरेको अध्यक्षतामा १ सदस्य पछि थप्ने गरि १७ सदस्यीय प्रेस सेन्टर नेपाल ताराखोला गाउपालिकाको गठन गरेको छ । समितिको उपाध्यक्षमा सुमित्रा सुनार, सचिब शान्त खत्री मौसम, कोषाध्यक्षमा बिबेक परियार र सहसचिव सबिता खत्री रहेका छन् ।

यसै गरि सदस्यहरुमा कमल घर्ती, ललित घर्ती,सन बहादुर बि क , भिमा रोका , उमाकान्त निउरे, गंगा चालिसे , दल घर्ती , केशव खड्का , निरु घर्ती र मिथुन घर्ती रहेका छन् ।

कार्यक्रममा अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्ष दिवस खत्री , ने क पा माओवादी केन्द्रका केन्द्रिय सदस्य धन बहादुर खत्री , वाईसिएल केन्द्रिय सदस्य नरेश के सि , अखिल नेपाल शिक्षक संगठन बाग्लुङका जिल्ला सदस्य थम प्रसाद रोका लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम भेला समितिका अध्यक्ष पूर्ण भद्र निउरेको अध्यक्षता , सान्ता खत्री मौसमको संचालन र सबिता खत्रीको स्वागतमा सम्पन्न भयको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *