शालिग्राम गाउपालिकाबाट ३५ जना एमाले/माओवादी नेपाली कांग्रेसमा प्रवेश !

विशन क्षेत्री, पर्वत, २०७३ चैत २५ । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । चुनावलाई मध्यनजर गरी पर्वतको विहादी गाउँपालिकामा फेरि एकै वडाबाट ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत हप्तामात्रै विहादी गाउँपालिका वडा नं. २ बर्राचौरबाट ७० जना कांग्रेसमा प्रवेश गरेका थिए भने बिहिबार फेरि वडा नं. ६ शालिग्रामबाट ३५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरु नेपाली कांग्रेसबाट विहादी गाउँपालिकाको प्रमुखको दाबेदार रहेका प्रवीण गुरुङ्गको पहलमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बिहिबार वडा नं. ६ स्थित छापामा न्यु मगर संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल तथा सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथी रहेका गुरुङ्गले उनीहरुलाई खादा र टिका लगाएर पार्टी प्रवेश गराएका हुन् । विहादी गाउँपालिकाको प्रमुखमा दाबेदारी गरिरहेका गुरुङ्ग यतिबेला पार्टीको आन्तरिक तथा सांगठनिक सुदृढिकरणमा सक्रिय रहेका छन् । र सोही अभियान अन्र्तगत गत हप्ता बर्राचौर र हाल शालिग्रामबाट अन्य पार्टीका व्यक्तिलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेमा शिवलाल लामिछाने, उमेश थापा, थर्कबहादुर पल्ली, एक बहादुर विक, छविलाल घर्ती थापा, विकास थापा, अर्जुन पल्ली, निसान थापा, दिपेन थापा, प्रेम बाला, सफल थापा, राजकुमार परियार, दधिराम परियार, काशीराम परियार, नरबहादुर थापा, किसान परियार, विमल थापा, संकेत थापा, मिना थापा, केशवी थापा, विष्ण्ुा थापा, दिपक राना, यमबहादुर सारु, नेत्रबहादुर मुखिया, कुसुम परियारसहित ३५ जनाभन्दा बढि वृद्ध महिला तथा युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा एमालेको गढ मानिने शालिग्रामबाट ठुलो संख्यामा कांग्रेस प्रवेश गरेसँगै आसन्न स्थानीय तहको चुनावमा विहादी गाउँपालिकामा कांग्रेसको प्रभाव बढ्दै गएको छ ।

कांगे्रसमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै गुरुङ्गले अबको राजनीतिमा युवा नेतृत्व आउनुपर्ने बताए । स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउँदै उनले कार्यक्रमको सफलताको शुभकामना समेत दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *