Menu

समावेसी साकोस रुपन्देहीको टोलीद्धारा सिवाईसीको स्थलगत अवलोकन !

सुमन जि.सी. बागलुङ २०७३ चैत २५ । समावेसी साकोस रुपन्देहीका टोलीद्धारा बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङको स्थलगत अवलोकन तथा संस्थाले गरेका गतिविधिहरुको वारेमा छलफल र अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

अन्तरकृया कार्यक्रममा भ्रमण कार्यक्रमको आशा अपेक्षाको वारेमा समावेसी साकोस रुपन्देहीका अध्यक्ष देवानन्द पाण्डेले जानकारी गराएका थिए भने बागलुङको सहकारी अभियान तथा सिवाईसी साकोसले गरेका गतिवीधिहरुको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले प्रकाश पारेका थिए ।

अन्तरकृया कार्यक्रममा प्रमुख अतीथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक कृष्ण नेपालले आफनो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, प्रवन्धक नवराज शर्माको स्वागत र शिक्षा उपसमिति सदस्य विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *