Menu

बिप्लव माओबादीले स्थानिय तहको निर्वाचन बिथोल्न प्रतिरोध कार्यक्रम गर्ने !

कोपिला कंडेल, बागलुङ २०७३ चैत २४ । नेत्र बिक्रम चन्द्र बिप्लव नेतृत्वको नेकपा माओबादीले स्थानिय तहको निर्वाचनलाई बिथोल्नका लागि राष्ट्रिय जागरण तथा प्रतिरोध कार्यक्रम गर्ने जनाएको छ । जनसत्ता बिस्तार र सुदृढ गरौ, कथित स्थानिय चुनाव खारोज गरौ, भन्ने नारा सहित आज बिप्लव माओबादीले बागलुङ बजार र बुर्तिबाङ क्षेत्रमा राष्ट्रिय जागरण तथा प्रतिरोध कार्यक्रमको उद्घाटन गरेको छ ।

देशब्यापी रुपमा शुरु गरिएको सो अभियान चैत्र ३१ गते तमानमा, बैशाख १ गते बुङ्गादोभान, २ गते बुर्तिबाङ, ३ गते खर्वाङ्ग, ४ गते हटिया, ५ गते बागलुङ बजार र १० गते म्याग्दीमा बिरोध सभा गर्ने लगायतका कार्यक्रम शुरु गरिएको नेकपा माओबादी बागलुङका सेक्रेटरी बिकिरणले जानकारी दिए ।

म्याग्दीमा हुने अञ्चल स्तरिय कार्यक्रमलाई सम्बोधन गर्न पार्टी प्रवक्ता एबं स्थायी समिति सदस्य खड्ग बहादुर बिश्वकर्मा आउने नेकपा माओबादी बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *