Menu

विसंगतीहरुको अन्त्य गरी समाज परिवर्तनमा आमाहरुको भूमिका प्रभावकारी !

रविना बोहरा, बागलुङ, २०७३ चैत २४ । समाजमा रहेका विभेद तथा विसंगतीहरुको अन्त्य गरी सभ्य र समतामुलक समाज निर्माणका लागि आमाहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तरगत बिहीवार काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।

दुव्र्यसन लगायत समाजमा देखिने सबै खाले कुलत र विभेद अन्त्यका लागि आमाहरुलाई सचेत बनाउदै उनीहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा सहभागीहरुले जोेड थियो ।

एउटी आमालाई शिक्षित बनाउदा धेरै छोरा छोरी एकै पटक शिक्षित भए जस्तै समाजमा बढ्दै गएको दुव्र्यसन तथा विद्यमान विभेदहरुको अन्त्यका लागि पनि आमाहरुकै भूमिका प्रभावकारी हुने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा सहजीकरण गर्दै निलगिरि अस्पताल बागलुङका मेडिकल निर्देशक डाक्टर गोविन्द गौतमले दुव्र्यसनलाई शुरुवात मै रोक्न सकिएन भने त्यसको अन्तिम परिणाम मृत्यु हुने भएकाले सबै सजग हुनु पर्नेमा जोड दिदै दुव्र्यसनका कारण दीर्घ रोगीहरुको संख्या बढ्दै गएकोले दुव्र्यसनी व्यक्तिहरुमा रोगको संक्रमण छिटो हुने बताए ।

यस्तै दुव्र्यसन सम्बन्धमा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक विदुर तिमिल्सिनाले घरपरिवार, समाज लगायत सरोकारवाला निकायहरुबीच समन्वय गरेर दुव्र्यसन नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिए ।

लाली गुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सहयोग तथा सामाजिक परिचालक चित्रकला छन्त्यालको संयोजनमा सञ्चालित कार्यक्रममा आदर्श सञ्चार सहकारी र समग्र सहकारीको बारेमा जानकारी गराउदै संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले दुव्र्यसन समाज रुपान्तरणको वाधक तत्व भएकाले सबै मिलेर यसको निवारण गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्की, जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङका सचिव ऋषिराम गौतम, लालिगुरास बहुउद्देश्यीय सहकारी संस्था लेखानीका अध्यक्ष कृष्ण छन्त्याल, बागलुङ सेवा समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष लक्ष्मण पुन, लेखानीका सामाजिक परिचालक चित्रकला छन्त्याल लगायतले दुव्र्यसन सम्बन्धी अभियानले आम जनतामा यसबाट वच्न र सचेतना प्रदान गर्न सहजता प्रदान गरेको बता एका थिए ।

लेखानीका विभिन्न आमा समुहका ९० जना महिलाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर थापा, स्वागत उपाध्यक्ष अञ्जु जिसी र सञ्चालन सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न्न भएको थियो ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत यस आर्थिक वर्षमा दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तगत २० वटा कार्यक्रम गर्ने लक्ष्य आदर्श सञ्चार सहकारीले लिएको छ । साविक बागलुङ नगरपालिकाका ११ वटा वडा र ११ वटा गाविसमा सञ्चालन गरिने कार्यक्रम अन्तरगत १४ वटा कार्यक्रम सम्पन्न भइसकेको उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *