मल्ममा ६ दिने सहभागितात्मक सहकारी तालिम सुरु !

थम्मन थापा सन्देश, गल्कोट २०७३ चैत २४ । डिभिजन सहकारी कार्यालय बागलुङको आयोजनमा गलकोट नगरपालिका ७ मल्ममा ६ दिने सहभागितात्मक तालिम आजबाट सुरु भएको छ ।

मल्म बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा सञ्चालित तालिममा डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक दिल बहादुर केसी र सहायक निरिक्षक रुद्र नारायण शर्माले सहजीकरण गरेका छन् । तालिममा गल्कोट नगरपालिका भित्रका विभिन्न सहकारीका ३५ जनाको सहभागिता रहेको छ ।

ईमान्दारिता र पारदर्शिता सहकारीको अपरिहार्यता भन्ने मुल नाराका साथ सञ्चालित तालिमको उदघाटन समारोहमा मनकामना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नमुना शर्मा, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष डोल बहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम मल्म बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, तालिम संयोजक छुम बहादुर थापाको स्वागत र सहकारीका प्रवन्धक सन्त बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *