बागलुङमा १ सय १९ जना महिला सहित ६ सय ५१ जना म्यादी प्रहरी छनोट !

बागलुङ २०७३ चैत २४ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाको लागी जिल्ला प्रहरी कार्यालय बागलुङले ६ सय ५१ जना म्यादी प्रहरी छनौट गरेको छ । म्यादी प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा १ हजार ३ सय ७४ जनाले आवेदन दिएका थिए ।

म्यादी प्रहरीमा छनौटमा परेका मध्ये ५ सय ३२ जना पुरुष र १ सय १९ जना रहेको एसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । उनले १ सय ३५ जनाको नाम बैकल्पिकमा राखिएको बताए ।

केही सिमित मात्रामा इलाका प्रहरी कार्यालयबाट पनि आवेदन संकलन गरिएको थियो । जिल्लाको लागी आबश्यक पर्ने संख्याको आधारमा म्यादी प्रहरी छनोट गरिएको प्रहरी उपरीक्षक खापुङले बताए ।

म्यादी प्रहरीमा छानिएकाहरुलाई भोलि चैत २५ गतेबाट तालिमको व्यावस्था गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *