Menu

ट्रमा सेन्टरमा उपचाररत निसीकी महिलाव्दारा आर्थिक अभावले आत्महत्या !

बागलुङ २०७३ चैत २४ । बागलुङ निसी गाउपालिकाकी एक बृद्धाले आज विहान काठमाडौँ वीर अस्पताल आडैमा रहेको ट्रमा सेन्टरमा आत्महत्या गरेकी छिन् ।

हाडजोर्नीको रोगबाट पीडित बृद्धा निसी-१ की ६५ वर्षिया जयकला घर्तीमगरले ट्रमा सेन्टरको पाँचौ तलामा आत्महत्या गरेको बताईएको छ ।
घर्तीमगरले केही समयदेखि ट्रमा सेन्टरको बेड नं ५३३ मा भर्ना भएर उपचार गराइरहेकी थिइन् ।

आर्थिक अवस्था कमजोर भएको बताउने उनले आर्थिक समस्याकै कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । अहिले प्रहरी र अस्पताल प्रशाशनले घटनाको अनुसन्धान शुरू गरेको बताईएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *