Menu

गल्कोट धुस्तुंगका साहानी, जापानमा दुई हप्ता देखी सम्पर्कविहीन !

गल्कोट २०७३ चैत २४ । ९ वर्ष पहिले कुक भिसामा जापान पुगेका गल्कोट धुस्तुंगका धनबहादुर साहानी दुई हप्ता देखी सम्पर्कविहीन छन् । उनी जापानको हिगानी मात्सुयामा तोनोयनमा चो साइतामा बाट हराएको अनलाइन सन्चार माध्यमहरुले जनाएका छन् ।

साहानी सम्पर्कमा नआएपछी गत मार्च २६ तारीखका दिन उनको कोठामा हेर्दा कोठा खुला अवस्थामा रहेको थियो । कोठामा उनको मोबाईल र पासपोर्ट फेला परेपनि उनको पर्स फेला नपरेको बताईएको छ । कोठा हेर्दा दुईजना बसेर वियर पिएको देखिन्छ समाचारमा भनिएको छ ।

साहानीको खोजविनका लागि प्रहरी समक्ष उजुरी दिएपनि केहि पत्ता नलागेको आफन्तले बताएका छन् । साहानी जापानी महिलासंगको विषयमा दुईपटक जापानी प्रहरीले पक्राउ गरेपनि हाल उनलाई प्रहरीले पक्राउ नगरेको श्रोत भन्छ । साहानीका आफन्तजनले उनको बारेमा जानकारी पाएमा ०८० ३६९४ १३५८ मा जानकारी दिन अनुरोध गरेका छन् । साथीभाईहरुवीच बलदीप नामले चिनिने ४२ वर्षिय साहानीका श्रीमती र दुई छोराहरु रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *