Menu

प्रधानमन्त्री पुष्पकमल दाहालको पदावधी एक महिना थप – काँग्रेस नेता निधि

बागलुङ २०७३ चैत २४ । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको म्याद यहि चैत मसान्त सम्म रहेको खुलासा गर्दै बैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएकाले बैशाख मसान्त सम्म म्याद थपिएको बताएका छन् ।

राजधानीको एक टेलिभिजन च्यानल संग कुरा गर्दै काँग्रेस नेता निधिले भनेका छन्, कांग्रेस र माओवादी केन्द्रबीच भएको लिखित सहमति अनुसार चैत मसान्तपछि दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नु पर्छ ।

‘विगतमा जस्तो जेन्टलमेन सहमति होइन,’ निधिले भनेका छन्, ‘सत्ताको नेतृत्वबारे लुकाउने कुरा छैन, यसपालि सत्ताको अवधि प्रचण्डजीको कति अवधिसम्म, शेरबहादुरजी कति हुने लिखित छ ।’ तर निधिले त्यो लिखतमा को छिमेकी साक्षी बसेको छ भन्ने बताएनन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *