पर्वत बाच्छामा कालिका देवीको मन्दिर निर्माण !

माधब पराजुली, पर्वत २०७३ चैत २४ । आमा समुहको सक्रियतामा पर्वतको बिहादी गाउँपालिका वडा नं. १ बाच्छामा कालिका मन्दिर निर्माण गरिएको छ । बाच्छाको फोक्सिङमा रहेको जनसेवा आमा समुहको रु.३ लाख ९१ हजार १११ र संसद विकास कोषको रु १ लाख सहित स्थानियको १ लाख भन्दा बढीको श्रमदानमा मन्दिर निमार्ण गरिएको हो ।

उक्त मन्दिर निर्माणको लागी आफ्ना स्व.पति देब बाहादुर क्षेत्रीको स्मृतिमा स्थानिय हरिकला क्षेत्रीले निशुल्क जग्गा प्रदान गरेकी हुन् ।

नजिक मन्दिर नभएकाले आमा समुह एक जुट भएर गाउँमा कालिका मन्दिर निर्माण गरिएको आमा समुहकी अध्यक्ष चन्द्रकला क्षत्रीले बताईन । मन्दिर निर्माणको लागी आमा समुहले करिब ३ बर्ष देखि तिहारमा देउसी भैलो खेलर सङकलन गरेको रकम खर्च गरिएको उनको भनाई छ ।

उक्त कालिका मन्दिरलाई पर्वत उराम स्थित युवा सघंका नेता सुन्दर भुषालले नगद रु. ११ हजार १ सहित मन्दिरको लागी आवश्यक घण्टी प्रदान गर्ने घोषण गरे भने बराचौर स्थित एमाले नेता ओम प्रसाद कुवँरले न्दिरको ४ ओटै कोणमा राख्ने ४ ओटा घण्टी दिने भएका छन् । कालिका देवीको मन्दिरको उद्घाटनसांसद विकास लम्सालले गरेका हुन् ।

नवनिर्मित मन्दिरको उद्घाटन गर्दै सांसद लम्सालले आमासमुहले मन्दिर निर्माण गरेर पुण्यको काम गरेको बताए । मनुष्यको जीवन समाज, राष्ट्र र धर्मको सेवा गर्नलाई बनाएकाले धार्मिक क्षेत्रको संरक्षण, प्रवद्र्धन र दिगो विकास गर्नुपर्नेमा पनि उनले जोड दिए । मन्दीर उद्घाटनका क्रममा स्थानीयबासीले बजागाजा बजाएर खुसीयाली मनाएका थिए । मन्दिर उद्घाटन सगैँ पुजाअर्चना कार्य शुरु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *