Menu

घैँटोको पानी सकिएपछी, पर्वत उरामका बासिन्दा समस्यामा !

माधब पराजुली, पर्वत २०७३ चैत २४ । गर्मीयाम सुरु भएसँगै पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नं. ६ मा खानेपानीको समस्या बढ्दै गएको छ । बर्षातमा घैँटोमा सङकलन गरेको पानि माघ,फागुनमै सकिएपछी उक्त गाउँपालिकाको उराम भतेरपाटामा खानेपानीको चरम समस्या भएको हो ।

नजिकै पानीको मुहान नहुनुका साथै भएका एक दुई मुहान पनि सुक्न थालेपछी खानेपानीको समस्या भएको हो । बर्षायाममा घैटोमा सङकलन गरेको पानि हिउँदमा सकिएपछि स्थानीय करिब २ घण्टा टाढा रहेको कुवामा गएर पानी पिउन बाध्य छन् ।

नजिकै मुहान नहुदा र बर्खायाममा सङकलन गरेको पानि सकिन थालेपछि खानेपानीको समस्या भएको स्थानीय रामचन्द्र भुषालले बताए । ‘खानेपानी नहुँदा पानीकै लागि २ घन्टा टाढा जानुपर्ने समस्या छ पानीको जोहो गर्दैमा समय जान्छ अन्य काम गर्न भ्याईदैन म किसानी मान्छे भुषालको गुनासो ।
उक्त ठाउँमा खानेपानीको अत्यन्तै समस्या छ । त्यहाँका बासिन्दा वर्षौ देखि बर्षातको समयमा घैण्टोमा पानि सङ्कलन गरि हिउँदको समयमा पिउने गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *