रु १,३३,३३३ पुरस्कार राशीको कालिका कप भलिबल प्रतियोगिता हरिचौरले जित्यो !

बागलुङ २०७३ चैत २३ । चैत्राष्टमी मेला २०७३ का अवसरमा आयोजित कालिका कप भलिबल प्रतियोगिताको फाईनल खेलमा गल्कोट हरिचौर टिम प्रथम भएको छ । सो टिमले म्याग्दी जिल्लाको घतान टीमलाई ३ ० ले पराजीत गरेको हो ।

विजयी टीम हरिचौरले १ लाख ३३ हजार ३ सय ३३ रुपयाँ नगद पुरस्कार सहित कालिका कप र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने घतान टिमले रु ३३ हजार ३ सय ३३ रुपया नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

२४ टिमले भाग लिएको सो भलिबल प्रतियोगितामा गल्कोट हिल र देविस्थान टिमले तेश्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा हरिचौर टिमका खेलाडी कुशमान थापा सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए ।

बिजयी टीमहरुलाई सांसद चम्पादेवी खडका, प्रजिअ भगिरथ पाण्डे र कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले पुरस्कार वितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *