ऐतिहासिक गोलकोतमा भक्तजनको घुईचो !

बालकृष्ण सुबेदी ,गल्कोट २०७३ चैत २३ । रामनवमीको अवसरमा गलकोट नगरपालिकाको ऐतिहासिक गोलोकोतमा भक्तजनको घुईचो लागेको छ । विजया दशमीको नवदुर्गा र चैते देशैको राम नवमीको दिन गोलोकोतमा रहेका खड्ग र कालिका देवी मन्दिरमा विशेष पुजा गर्ने प्रचलन रहेको छ ।

गलकोट नगरपालिका वडा नम्बर–३ मा अवस्थित गोलोकोत राजा जितारी बम मल्लको राज्य कालमा स्थापना भएको थियो । गोलो टाकुरामा कोत भएकै कारण गलकोटको नामाकरण समेत भएको गोलोकोतका सँरक्षक मञ्जेश बम मल्लले बताए ।

ऐतिहासिक गोलोकोतमा गलकोटे राजाले राज्य सञ्चालनको क्रममा कोतघर स्थापना गरेका थिए । यहाँ रहेका खड्ग र कालिका मन्दिरमा बर मागेपछि पुरा हुने विश्वास रहेको छ । खड्क र कालिका मन्दिरमा राँगा ,बोका तथा कुभिण्डोको वलि दिने प्रचलन रहेको छ ।

खड्क र देवीको मन्दिरमा वर्षको दुईपटक मात्र पुजाआजा हुने गरेको र कालिकाको मन्दिरमा बाह्रै महिना पुजा सञ्चालन हुने पुजा ब्यबस्थापन समितिले जनाएको छ । आफुले मागेको बर पुरा भएकै कारण भक्तजनको भिड बढेको समितिका अध्यक्ष मिनबहादुर खत्रीले जानकारी दिए ।

गलकोटको नामाकरण गरिएको ऐतिहाँसिक गोलकोतमा गलकोट संगै आसपासका जिल्लाहरुबाट भक्तजन आउने गरेका छन् ।

गोलोकोत परिसरमा भौतिक संरचना विस्तारको कार्य समेत चलिराखेको छ । पर्यटन मन्त्रालयको सहयोगमा कोतमैदान देखी भगवतिको मन्दिर सम्म जाने बाटो निर्माण गरिएको छ । यहाँ रहेका मन्दिरको समेत पुरानै शैलिमा जिर्णोद्धार गरिएको छ ।

मन्दिर सम्म जानको लागि दुधे ढुङगा कुधेर कलात्मक बाटो निर्माण गर्न लागिएको छ । बाटो संगै धर्मशाला र मंच निर्माण गर्ने योजना रहेको गोलकोत सँस्कृति तथा समाज विकास मञ्चका अध्यक्ष रामबहादुर खत्रीले जानकारी दिए।

हटिया बजार देखि गोलकोत सम्म मोटरबाटोको निर्माण संगै भक्तजनको संख्यामा समेत वृद्धि भएको छ । गोलकोत गलकोटकै ऐतिहासिक धरोहर भएका कारण यहाँको विकास र प्रर्वदनमा गलकोटबासी एकजुट हुनुपर्ने स्थानियको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *