Menu

पन्चकोटमा बन्यो सिसमहल : गण्डकी माता मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत २३ । राम नवमीको पावन अवसरमा श्री गण्डकी माता प्राण प्रतिष्ठान तथा भाष्कर रामनुज स्वामिजीको अवसरमा सर्व सिद्धिधाम पंचकोटमा गण्डकी माता मन्दिरको प्राण प्रतिष्ठा समाजसेवी पुष्पमान श्रेष्ठको सपरिवारव्दारा पुजापाठ गरी सम्पन्न भएको छ ।

ग्ण्डकीमाता मन्दिरको लागी समाजसेवी पुष्पमान श्रेष्ठबाट ५४ लाख रुपैया प्राप्त भएको र बाँकी टाएल र मार्वल पनी विच्छाउदा लाग्ने थप १० लाख श्रेष्ठले उपलब्ध गराउने सर्व सिद्धिधाम पन्चकोटका प्रतिनिधि अध्यक्ष्य नगेन्द्रराज शर्माले बताए ।

२०७१ सालबाट सुरु गरिएको अभियानमा प्ांचकोटका लागी २५ सय सदस्य बनेका र धान्यान्चल महायज्ञ जनताहरुले चढाएको १४ करोड रकम पुगेको जानकारी दिँदै सरकारबाट ४ करोड रकम प्राप्त हुने शर्माले जानकारी दिए ।

उनले अहिले सम्म हनुमानको मुर्ति निर्माण सम्पन्न भएको ७ सय मिटरको ¥यालिङ सहितको पैदल मार्ग सम्पन्न भएको अतिथी गृह मोटरबाटो खानेपानी र सिसमहिल सम्पन्न भएको जानकारी दिए । अबको २ महिनामा घण्टीको सुरुवात र छिटै १ सय ८ फिट कलशको निर्माण कार्य शुभारम्भहुने शर्माले बताए ।

आज राम नवमीको अवसरमा पंचकोटमा पुजापाठ गर्नेहरु ५ सय भन्दा बढी तृथालुहरु पुगेको समितीले बताएको छ । सो अवसरमा समाजसेवी देववहादुर श्रेष्ठले पन्चकोट बाट देखिने धौलागीरी हिमश्रृङखलाहरु तथा कालिगण्डकी, कालीका मन्दिरको साथमा पंचकोट धौलागीरीको प्रर्यटकीय गन्तव्य हुने बताए ।

त्यसै गरी समितिका सदस्य भान्सा निवासी दयाराम सापकोटाले पन्चकोट दिनहुँ आउने पर्यटकको संख्या बढेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *