ताराखोलामा जनवादी कलाकारको प्रस्तुती सहित ऐतिहासिक गाँउपालिका एकता भेला हुने !

खगेन्द्र विश्वकर्मा, २०७३ चैत २३ । नेकपा माओवादी केन्द्रको ऐतिहासिक ताराखोला गाँउपालिका एकता भेला चैत्र २८ मा हुने भएको छ ।

माओवादी केन्द्रको उद्गम भुमि तथा १० बर्षे जनयुद्धको रणभुमि भनेर चिनिने साविक तारा ,अर्गल, हिल, अमुभुमी, हाल ताराखोला गाँउपालिका अन्तरगत माओवादी केन्द्रको एकता भेलाहुने भएको हो ।

गाँउपालिका एकता भेला गाँउ नगर जाँउ माओवादी केन्द्रलाई विजयी गराउ भन्ने नाराको साथ यही चैत्र २८ गते तारा गाँउपालिका वडानम्बर ४ तारागाँउको नेपाल उच्च माध्यमिक विद्यालयको प्राङगरमा हुने ताराखोला ईन्चार्ज धनबहादुर विक हिमालले बताए ।

एकता भेलाको सम्बोधन नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्व मन्त्री देब गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर बुढा सागरले साम्बोधन गर्ने बताईएको छ ।

कार्यक्रममा जनबादी कलाकार गायक झङकार बुढा जनकलाकार तथा लोक दोहोरी गायक विष्णु खत्री प्रेस सेन्टरका सचिव तथा कलाकार खगेन्द्र विश्वकर्मा लगाएतले सांङगीतिक प्रस्तुति राख्ने आयोजक समितिले बताएको छ ।

बुधबार अर्गलमा बसेको बैठकले सम्मेलन सम्पन्न गर्नको लागी प्रत्येक वडामा तयारी तथा प्रचार प्रसार संयोजक चयन गरेको छ ।

ताराखोला गाँउपालिका वडानं १ सम्मेलन आयोजक समितिका दिवश खत्री पदम, २ वार्ड अर्गलमा खडक बहादुर विक सौजन्य, वडा नम्वर ३ हिलमा प्रकाश घर्ती, ४ नम्बर तारामा धनबहादुर खत्री राजन र ५मा नरेश केसी रहेका छन् ।

सम्मेलन तयारी बैठक ताराखोला गाँउपालिकाका ईन्चार्ज धनबहादुर विक हिमालको अध्यक्षता संयोजक नरेश केसीको संचानलमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *