Menu

गलकोट सस्कृति संरक्षण तथा समाज बिकास मञ्चको १८ औ बार्षिकोत्सव सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ चैत २३ । गलकोट सस्कृति संरक्षण तथा समाज बिकास मञ्चको १८ औ बार्षिकोत्सव आज बुधवार सम्पन्न भएको छ ।

बार्षिकोत्सबको अबसरमा आयोजित स्वर्गीय नन्दराज खत्री स्मृति खुल्ला वडा स्तरिय भलिबल प्रतियोगीतमा ताराखोला गाउपालिका अन्तर्गतका देउराली युवा क्लबले प्रथम हुदै नगद ४० हजार रुपैया मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेत बन्न सफल आयोजक समुह ए ले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

समापन कार्यक्रममा बोल्दै नेपाली काग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति द्रोण कुबरले गल्कोट नगरपालिका भित्रका सबै राजनैतिक दलहरुले हातमालो गरे गल्कोटको बिकासले फड्को मार्ने उल्लेख गर्दै यस क्षत्रको परिर्वतन र बिकास सँगसँगै हुने बताए ।

उनले आगामि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा हाम्रो भन्दा पनि राम्रो मान्छेलाई बिजयी बनाउनका लागी समेत आग्रह गरे ।

समापन समारोहमा नेकपा एमाले गलकोट एरियाका संयोजक बुल बहादुर केसी, नेकपा माओबादी केन्द्रका गलकोट नगरपालिका संयोजक तिलक उप्रेति, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, नयाँ शक्ति नेपालका बम बहादुर गुरुङ लगाएतले शुभकामाना मन्तब्य दिएका थिए ।

गलकोट सस्कृति संरक्षण तथा समाज बिकास मञ्चका अध्यक्ष राम बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्बागत सचिब गुञ्ज बहादुर खत्रीले गरेका थिए भने, सदस्य गगन कुबर आयुसकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार बिष्णु खत्री, देब साहानी, नबिन राना, बिष्णु थापा र कलाकार चित्र परियार सँगै स्थानिय कलाकारहरको साँगीतिकि प्रस्तुति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *