Menu

चैते दशैमा वामी कोटको कोत मन्दिरमा बलि सहित भब्य पुजाआजा !

अनिश शर्मा गैरे, वामी गुल्मी २०७३ चैत २३ । मुसीकोट नगरपालिका ८ वामी मैदानमा रहेको वामीकोटमा रहेको कोत मन्दिरमा बलि सहित भब्य पुजा आजा भएको छ । मुसीकोटका तत्कालीन अन्तिम राजा भुपाल सिँहले राज्य गर्दै आएको मुसीकोट राज्यमा उनको पालादेखी पुजाअजा शुरु भएको इतिहास अनुसार कोत मन्दिरमा हरेक बर्षको दुइ पटक भब्य पुजा आजा हुने गरेको छ ।

बि.सं १७८६ बाट मन्दिरमा पुजा आज हुन शुरु भएको खड्कनिशाना पुजा ब्यबस्थापन समितिका सचिब नारायण सापकोटाले जानकारी दिए । मन्दिरमा बोका, पाडा, राँगा, कुखुरा, परेवा, भेँडा, कुबिण्डा लगायतको बलि सहित पुजा आजा भएको थियो ।

चैत्राष्टमीका दिनको पुजाआजा कार्यक्रममा ३१ ओटा पाठा तथा १७ ओटा पाडाको बलि दिइएको छ । उक्त मन्दिरमा पुजा आजा गर्दा मनको आकाँक्षा पुरा हुने धार्मिक बिश्वास रहिआएको छ ।

अझ बिदेश जानेहरुले मुख्य रुपमा भाकल गर्ने गरेको पुजा ब्यबस्थापन समितिका सचिब सापकोटाले जानकारी दिए । मन्दिरमा पुजाआजा तथा बलि चढाउनका लागि मुसिकोट नगरपालिका देखी लिएर बागलुङको रीघा र दगातुम्डाडाबाट समेत स्थानीयहरु आउने गरेका छन ।

सो मन्दिरमा हरेक बर्षका दुइ दशैँ हरुमा मुख्य रुपमा भब्य पुजाआजा हुने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *