पत्रकारिता क्षेत्रमा महिलाहरुको आकर्षण बढ्यो, ७५ जना प्रशिक्षार्थीमा ६० जना महिला !

बागलुङ २०७३ चैत २३ । बागलुङका युवा युवतीहरुमा पत्रकारिता क्षेत्रप्रति आकर्षण बढेको छ । पछिल्लो समय सन्चारको क्षेत्रमा महिलाहरुको सहभागिता निकै बढेको छ । यो एक सुखद विषय हो । यसै चैत महिनामा बुर्तिवाङ र हटियामा सम्पन्न अलग अलग पत्रकारिता तालिममा सहभागी प्रशिक्षार्थीहरुको संख्याले यसै कुरालाई ईगित गरेको छ ।

ग्रामीण विकास मञ्च अधिकारीचौरको आयोजनामा बुर्तिबाङमा आयोजना गरिएको एक हप्ते पत्रकारिता तथा उदघोषण तालिम चैत २१ गते सम्पन्न भएको छ । सो तालिममा सहभागी ३७ जना प्रशिक्षार्थीहरुमा पुरुषको तुलनामा महिलाहरुको संख्या बढी रहेको थियो भने चैत २२ गते सम्पन्न प्रेस सेन्टर नेपालले गल्कोट हटियामा आयोजना गरेको ५ दिने पत्रकारिता तथा उदघोषण तालिममा सहभागी ७५ जना प्रशिक्षार्थीहरुमा ६० जना महिला रहेका थिए । तालीममा देखिएको गजबको दृश्य त के थियो भने, प्रशिक्षार्थीहरु सानो कोठामा कोचिएरै प्रशिक्षण लिएका थिए ।

तालिममा समाचार संकलन तथा लेखन, रिपोर्टिङ, समाचार वाचन, उद्घोषण, तथा रेडियो कार्यक्रम उत्पादन, प्रस्तुतिकरण, लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

बुर्तिवाङमा आयोजित एक हप्ते पत्रकारिता तथा उद्घोषण तालिममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष एवं धौलागिरी एफएम बागलुङका सम्पादक दिल शिरिष, महासंघका जिल्ला कोषाध्यक्ष तथा परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक विजय राना, महासंघका जिल्ला सदस्य तथा रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनार, महासंघका केन्द्रिय पार्षद सदस्य तथा रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी, महासंघका ४ नं. प्रदेश पार्षद सदस्य प्रशान्त घर्तीले सहजीकरण गरेको बुर्तिवाङबाट पत्रकार सुमन सुनारले जनाएका छन् ।

हटियामा सन्चालित तालिममा नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, राष्ट्रिय समाचार धौलागिरी संयोजक राम थापा अविरल, सगरमाथा टेलिभिजन म्याग्दी सम्वाददाता सन्तोष गौतम, रेडियो नेपाल बागलुङ सम्वाददाता कोपिला कॅडेल, रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कॅडेल, गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमले सहजीकरण गरेको गल्कोटबाट पत्रकार थम्मन थापा सन्देशले जानकारी दिएका छन् । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *