गुल्मीका दुई वटै नगरपालिका प्रमुखहरुबाट कार्यभार सुरु !

प्रेम सुनार, गुल्मी,२०७३ चैत २३ । । स्थानिय तह कार्यन्वयन गरे लगत्तै सरकारले स्थानिय निकायका कार्यकारी प्रमुखहरुलाई आ–आफ्नो कार्य क्षेत्रमा खटाएको छ । जिल्लाका १० वटै गाउँपालिकामा यस कार्यकारी प्रमुखहरु आई सकेका थिए । तर यहाँका दुई नगरपालिकामा भने कार्यकारी प्रमुखहरुले हिजो देखि कार्यभार सम्हालेका छन् ।

रेसुङ्गा नगरपालिकामा उपसचिव तहका रमेश गौतम र मुसिकोट नगरपालिकामा पनि त्यही तहका मुसीकोट घनश्याम न्यौपानेले कार्यभार सम्हालेका हुन् । रेसुङ्गा नगरपालिकाका यस अघिका कार्यकारी प्रमुख वावुराम पल्ली कालिगण्डकी गाउँ पालिकामा सरुवा भएका छन् ।

उनलाई एक समारोहका विच विदाई गरेर पठाईको छ भने नयाँ कार्यकारी प्रमुख गौतमलाई भव्य स्वागत गरिएको छ । यस अघिका प्रमुख पल्लीले निकै राम्रो काम गरेको त्यस कार्यालयका नायव सुव्वा गोपाल प्रसाद पन्थी बताए ।

सो नगरपालिकाले कार्यकारी प्रमुख संग पत्रकार भेटघाट कार्यक्रम समेत राखेको थियो । त्यस्तै मुसिकोट नगरपालिका प्रमुखको स्वागतका लागि भने वामीटक्सारमा भव्य स्वागत कार्यक्रम राखिएको त्यहाँबाट सहकर्मी अनिष गैरेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *