धौलागिरीका चार जिल्लामा को-को तोकिए,मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत ?

प्रदीप पन्त, बागलुङ २०७३ चैत २२ । आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले धौलागिरीका चार जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।

स्थानिय तह अन्तर्गतको गाउपालिका र नगरपलिकाको निर्वाचनको लागि स्थानीय तह ऐन,२०७३ को दफा ७ बमोजिम चैत्र २५ गते देखि लागुहुने गरि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशहरु रहेका छन् ।

बागलुङ नगरपालिकामा हिमलाल बेल्वासे, जैमुनी नगरपालिकामा बिष्णुप्रसाद सुबेदी, ढोरपाटन नगरपालिकामा केदारनाथ पौडेल, गल्कोट नगरापलिकामा धर्मराज पौडेल तथा ताराखोला गाउपालिकामा देवीप्रसाद सुबेदी, काठेखोला गाउपालिकामा ध्रुव गिरी, बरेङ गाउपालिकामा राजेन्द्र प्रसाद घिमिरे, बडीगाड गाउपालिकामा रामचन्द्र शर्मा, निसीखोला गाउपालिकामा बिष्णुभक्त रंजित र तमानखोला गाउपालिकामा सुवासकुमार लामिछाने निर्वाचन अधिकृत खटिएका छन् ।

म्याग्दीको बेनी नगरापालिकामा रामप्रसाद शर्मा तथा मंगला गाउपालिकामा मुरारी वस्ती, मालिका गाउपालिकामा जगन्नाथ पौडेल, धवलागिरी गाउपालिकामा गणेशबहादुर अधिकारी, रघुगंगा गाउपालिकामा बिश्वामित्र कुइकेल र अन्नपुर्ण गाउपालिकामा बिदुर काफले निवार्चन अधिकृत तोकिएका छन् ।

पर्वत जिल्लाको कुस्मा नगरपालिकामा मोहनराज भट्टराई, फलेवास नगरपालिकामा मोतीराम सापकोटा तथा बिहादी गाउपालिकामा हिरामणी सुबेदी, जलजला गाउपालिकामा बिद्याराम पौडेल, महाशिला गाउपालिकामा कृष्णप्रसाद शर्मा नेपाल र पैयू गाउपालिकामा यज्ञराज आर्चाय निर्वाचन अधिकृत खटिएका छन्।

मुस्ताङ जिल्लाको घरपझोङ गाउपालिकामा बलराम त्रिपाठी, बाहगाउ मुक्तिक्षेत्र गाउपालिकामा उमेश शर्मा, थासाङ गाउपालिकामा रामचन्द्र खडका, लोमान्थाङ गाउपालिकामा चिरन्जीवी पौडेल र दालोमे गाउपालिकामा थमनसिहं थापा निर्वाचन अधिकृत तोकिएका छन्।

मुख्य निर्वाचन अधिकृतले २०७३ बैशाख ३ गते र निर्वाचन अधिकृतले बैशाख १२ गते कार्यालय स्थापना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *