चैत्राष्टमी मेलाको उद्घाटन : कला, संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : उपप्रम थापा

बागलुङ २०७३ चैत २१ । बागलुङ बजार स्थित प्रशिद्ध कालिका मन्दिरमा चैत्रशुक्ल अष्टमीका अवसरमा लाग्ने मुलुक कै महत्वपूर्ण चैत्राष्टमी मेलाको उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले एक समारोहका वीच सोमबार उद्घाटन गरेका छन् । उनले पर्व, संस्कृति र रीतिरिवाज मुलुकको पहिचान भएको उल्लेख गर्दै ‘कला, संस्कृति र धरोहरहरुको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए ।

‘नेपाल विविधतापूर्ण देश हो, विश्वमै हाम्रो अलग पहिचान छ’ उपप्रधानमन्त्री थापाले भने चाडपर्व र सांस्कृतिक उत्सवले नेपालीहरुबीचमा आपसी सद्भाव, भाइचारा र एकता सिर्जना गर्छ ।

राप्रपका अध्यक्ष समेत रहेका थापाले यस अघी राप्रपाको कार्यालयमा आयोजित कार्यक्रममा नजिकिएको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिँदैस्थानीय तहको निर्वाचन राप्रपाको लागि रणको प्रश्न भएको बताएका थिए । उनले देश र जनताका विरुद्ध हुने गतिविधि राप्रपालाई मान्य नहुने पनि बताए ।

सोमबार विहानै उपप्रधानमन्त्री थापाले कालिका देवी पूजा अर्चना गरेका थिए । त्यस लगत्तै कार्यालय प्रमुखहरुलाई सम्वोधन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *