Menu

माओबादी केन्द्रको चुनावी तालमेलका लागि ७ र उमेदवार चयन गर्न १७ सदस्यीय समिति गठन !

कोपिला कंडेल, बागलुङ २०७३ चैत २१ । यहि चैत २० र २१ गते पार्टी सह ईन्चार्ज फमलाल निउरेको अध्यक्षतामा बागलुङ बजारमा बसेको बैठकले जिल्लाको समग्र राजनितिक शक्ति सन्तुलन, आफ्नो र अन्य पार्टीको उपस्थितीलाई ध्यानमा राखी स्थानीय पार्टी कमिटिको सल्लाह सुझावका आधारमा समग्र वा स्थान विशेष तालमेल समेत गरेर जान सकिने निर्णय गरेको एक बिज्ञप्ती प्रकाशित गरी जानकारी दिएको छ ।

नेकपा माओबादी केन्द्रका केन्द्रिय पोलिट्ब्युरो सदस्य एबं बागलुङ जिल्ला ईन्चार्ज चन्द्र बहादुर बुढा सागरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा अन्य पार्टी संग तालमेल गर्नका लागि फमलाल निउरे, चन्द्र बहादुर बुढा सागर, कृष्ण बहादुर केसी, तुलसी अर्याल, निर्मल कुमार श्रेष्ठ, ज्ञामनाथ गैरे अनिल र राजिव घिमिरे सहितको सात सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ । वडा, गाउं तथा नगरपालिकाको सबै वडाहरुमा सम्मेलन सम्पन्न गरी उम्मेद्वारको टुङ्गो लगाईसक्ने निर्णय गरेको उल्लेख छ । ।

त्यसैगरी पार्टीका अन्य सहायक संगठन एबं वाईसियलको सम्मेलन बैशाख ९ गते सम्पन्न गर्ने निर्णय गरेको नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं जिल्ला प्रचार बिभाग प्रमुख कृष्ण केसीले जानकारी दिए । त्यसैगरी निर्वाचनका सन्दर्भमा पार्टीले लिएका निर्णयलाई कडाईपुर्वक लागु गर्ने र यदी जिम्मेवारी पालना नगर्ने तथा अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नका लागि पुर्व सभासद क्याप्टेन पुर्ण बहादुर रानाको संयोजकत्वमा तुलसी अर्याल र चेताराम पौडेल रहेको ३ सदस्यीय अनुशासन समिति समेत गठन गरीएको माओबादी केन्द्रले जनाएको छ ।

त्यसैगरी स्थानिय पार्टी कमिटि सिफारिस भई आएका उम्मेद्वारको नाम छनोट गरी आवश्यक निर्णय लिनका लागि जिल्ला ईन्चार्ज सागरको नेतृत्वमा १७ सदस्यीय उम्मेद्वार छनोट समिति समेत गठन गरेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *