अमेरिकाको टेक्सस राज्यको फोर्ट बर्थमा ३ हप्ते ‘नेपाल शो-२०१७’ आयोजना हुने

काठमाडौ २०७३ चैत २१ । काठमाडौं स्टोरी साइकल अमेरीकाको फोर्ट वर्थ कला केन्द्र र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्ट बर्थमा ३ हप्ते नेपाल शो २०१७ आयोजना हुन लागेको छ । शोमा नेपाली कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोे प्रदशनी गरिने भएको छ ।

आउदो साता रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले यो शो को उद्घाटन गर्ने कार्यक्रम रहेको एक विज्ञप्ती मार्फत जानकारी दिईएको छ । नेपाल सो २०१७ आउदो अप्रिल ०७ देखि २६ सम्म चल्ने छ ।

कार्यक्रमका संयोजक सौरभ ढकालले स्टोरी साइकलले ।कलाका माध्यमबाट कसरी कथा भन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको बताउदै चित्रकला, हस्तकला, फोटो र भिडीयोलगायतका फरक फरक बिधालाइ एकै ठाउमा प्रस्तुत गर्न शो आयोजना गरिएको बताए । उनले भने, यस्तो प्रर्दशनीले कलाकारलाइ अन्तरराष्ट्रिय रुपमा चिनाउनुका साथै नेपालको केहि हदसम्म सकारात्मक र प्रभावकारी प्रचार हुनेमा हामी बिस्वस्थ छौ ।

प्रदशनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा संचालन गरेका कथा शिवीर र गत केहि महिना अगाडी सिन्धुलीको दुम्जामा संचालित कला शिवीरमा तयार भएका चित्रकला प्रदशनीमा राखिने छ । मुख्य चित्रकला सुरेम देशार, अनिल महर्जन र आरके थापाका रहने छन । साथै तासि लामा र जुनीलामाका केहि थान्का पनि प्रदर्शनमा रहने विज्ञप्तीमा उल्लेख छ ।

हस्तकलामा क्राफ्टेड इन काठमाडौले काठमाडौका २५ भन्दा बढी कलाकारहरुको संकलन गरेको बिबिध कलामध्ये केहि प्रदर्शन गरिने छ । साथै जेलमा तयार गरिएका केहि हस्तकला पनि यसमा सामेल हुने छन् ।

स्टोरी साइकलले बिभिन्न ठाउमा गरेको कथा शिवीरमा जम्मा गरेका फोटोहरु प्रदर्थनमा रहने छन । तीमध्ये फोटोग्राफर नबिन बरालले खिचेका लंमजुङका हिमालहरुको फोटो बिषेश आकर्षण रहने छन । सगरमाथा र बारपाक क्षेत्रका फोटो पनि रहने छन ।

कथाकार सौरभ ढकालले तयार गरेको सगरमाथा आरोही आपा शेर्पा, सामाजिक उद्यमी अनिल चित्रकार, म्यागासेसे विजेता महाबीर पून, जलविद्युत प्रबर्धक वीरबहादुर घले, सिएनएन सुपर हिरो पुस्पा बस्नेत र साइकल यात्री पुस्कर शाहको कथा प्रदर्शनीमा प्रस्तुत गरिने विज्ञप्तीमा जनाईएको छ ।

यस्तै साना भाइ बहिन श्रेया पोखरेल र रदिप पोखरेलले तयार गरेका कलर फुल ब्रेन नामक चित्रकालाको संकलन गरिएका कला तथा पुस्तक प्रदर्थन गरिनेछन् । स्टोरी साइकलले २०१५देखि अमेरीकामा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *