Menu

निसीमा टयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, तमानमा जीप दुर्घटना हुँदा ४ जना घाईते !

सुमन सुनार, २०७३ चैत २१ । जिल्लाको पश्चिम क्षेत्रका तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा आज भिन्ना भिन्दै दुई सवारी दुर्घटना भएका छन् ।

निसीखोला गाउँपालिकाको वडा नं. ५ घर्तिथोकमा भएको टयाक्टर दुर्घटनामा १२ वर्षका दीपक विश्वकर्माको ज्यान गएको छ । सडकबाट तल खसेको ट्याक्टरमा रहेका विक दुर्घटनामा घाइते भएपछि उपचारका क्रममा बुर्तिबाङ तर्फ ल्याईदै गर्दा बीचबाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यलाय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

ध १ त ३३२ नं. को ट्याक्टर हिउँसो पौने ३ वजे दुर्घटना भएको हो । टयाक्टर चालक गौ बहादुर विकलाई प्रहरी नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जनाएको छ ।

उता तमानखोला गाउँपालिकाको वडा नं. २ भालीवाङ किटेनीमा विहान पौने ९ वजे जीप दुर्घटना हुँदा ४ जना सामान्य घाइते भएका छन ।

ना १ ज ३७२१ नंंको जीप व्रेक फेल भएर सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा घाइतेभएकाहरु स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि घर फर्किएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *