Menu

उमेदवारका आकाँक्षीले चैत २५ गते सम्म उमेदवारी दर्ता गराउन काँग्रेसको आग्रह !

नेपाली काँग्रेसको ढोरपाटन नगरपालिका र निसी गाउपालिकामा संयोजक चयन !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ चैत २१ । नेपाली काँग्रेसले बागलुङले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै ढोरपाटन नगरपालिका र निसी गाउपालिकामा पार्टीको सम्पर्क कार्यालय खोलेको छ ।

पार्टीका जिल्ला सभापती दिपेन्द्र बहादुर थापा, सांसद ज्ञान कुमारी छन्त्याल, क्षेत्रिय सभापती दोर्ण कुमार कु्वँर लगाएत क्षेत्रिय समिती पदाधिकारी, महाधिबेशन प्रतिनीधि, जिल्ला समिती पदाधिकारी लगाएतको उपस्थितिमा ढोरपाटन नगर पालीकाको बुर्तिबाङमा सोमबार पार्टीको कार्यालय स्थापना सँगै नगर संयोजक उपसंयोजक र अन्य पदाधिकारी चयन गरेको छ । नगर संयोजकमा शालीकराम शर्मालाई चयन गरीएको छ ।

उपसंयोजकमा साविकको गाविसहरु अधिकारीचौरबाट ग्राम सभापती चन्द्रकुमार गौतम, बोबाङबाट तारा घर्ती, खुँगाबाट थम बहादुर पुनलाई चयन गरीएको छ भने त्यस्तै समितीको सदस्यहरुमा साविकको ग्राम समितीका सदस्य पदाधिकारीहरु रहने बताईएको छ ।

गत चैत १३ गतेदेखि १५ गतेसम्मको केन्द्रिय समिती निर्णय अनुसारको कार्यक्रमलाई जिल्लाब्यापि रुपमा कार्यक्रम गरीरहेको जिल्ला सभापती दिपेन्द्र थापाले जानकारी दिए ।

कार्यक्रममा उनले जिल्लामा नेपाली काँग्रेसको जितलाई सुनिश्चित गराउनु पर्नै बताउदै नेपाली काँग्रेस माउ पार्टि भएका कारण कुनै दल चुनाबमा सहकार्य गर्न चाहेमा पनी हातेमालो गरेर जान सकिने खुलासा गरे ।

सभापति थापाले गाँउ नगर र वडाका उमेदवारका आकाँक्ष्ीाले चैत २५ गते सम्म आफनो उमेदवारी दर्ता गराउनु पर्ने समेत बतााए ।

कार्यक्रममा सांसद ज्ञान कुमारी छन्त्याल र क्षेत्रीय सभापती दोर्ण कुमार कुवँरले बोलेका थिए ।

बुर्तिबाङमा आयोजित कार्यक्रमका अबसरमा नगरपालीका सम्पर्क कार्यालयको स्थापना सँगै नँया कार्यसमितीलाई स्वागत एवम बधाई ज्ञापन गरिएको हो । साविकको बुर्तिबाङ ग्राम समिती सभापती एवम हाल ढोरपाटन नगरपालिका संयोजक शालीकराम शर्माको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम ढोरपाटन नगरपालिका उपसंयोजक चन्द्र कुमार गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै निसीखोला गाँउपालिकामा पनी कार्यलयको उद्घाटन सँगै गाँउ पालीका समितीलाई स्वागत कार्यक्रम गरीएको छ । साविकको देबिस्थान ग्राम समिती सभापती एवम गाँउपालीका संयोजक ईन्द्र मल्लको अध्यक्षतामा भएको कार्यक्रमबाट देबिस्थानको जुग्जाखोलामा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

केहि दिन पहिले सम्पर्क कार्यलय खोलएपनी आज उद्घाटन गरीएको जिल्ला सदस्य प्रकाश कुवँरले बताए । कार्यक्रम साविकको बोहोरागाँउ गा्रम समिती सभापती राजमान बुढाले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *