Menu

संविधान निर्माण गर्नेहरु नै कार्यान्वयनको विषयमा अलमलिए – महासचिव पोखरेल

बागलुङ, २०७३ चैत २१ । नेकपा एमाले बागलुङको तेस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव इश्वर पोखरेलले संविधान निर्माण गर्नेहरु नै कार्यान्वयनको विषयमा अलमलिएको बताएका छन् ।

संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलोका रुपमा रहेको निर्वाचन गर्ने विषयमा संविधान बनाउने दलहरु अलमल देखिएकाले एमालेले त्यसका बारेमा जनतालाई सचेत बनाउनु पर्नेमा पोखरेलको जोड थियो ।

पोखरेलले एमाले ठुलो दल बनाउने भन्दा पनि मुलुक समृद्ध बनाउने र राष्ट्रियताको संरक्षणमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन दिए।

सत्तारुढ दलहरु र मधेसी मोर्चाले संविधान संशोधनको नाममा निर्वाचन अलमलाउने काममा लागेको आरोप लगाउदै उनले संविधान संशोधन प्रस्तावको विरोध गर्नुका चार कारण यसरी खुलस्त पारे, पहिलो यो राष्ट्रिय हित विपरित छ, दोस्रो सामाजिक हितमा टिकेको हाम्रो संरचना विपरित छ, तेस्रो जनभावना विपरित छ र चौथो संविधानले निर्दिष्ट गरेका विषय भन्दा फरक छ ।

कार्यकर्ताहरुलाई वैचारिक रुपमा स्पष्ट हुन, सांगठनिक रुपमा गतिशिल हुन निर्देशन दिदै पोखरेलले भने–‘जनताको बहुदलीय जनवादका बारेमा स्पष्ट दृष्टिकोण जनताका बीचमा लैजानुस । ’

वैठकले बागलुङमा निर्वाचन परिचालन लगायत समसामयिक विषयमा निर्णय गरेको अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *