स्थानिय तहको निर्वाचन हुने कुरामा अव कुनै व्दिबिधा र आशंका छैन : उपप्रधानमन्त्री थापा

प्रदीप पन्त, बागलुङ, २०७३ चैत २१ । प्रशिद्ध बागलुङ कालिका देवीको मन्दिरमा लाग्ने साँस्कृतिक पर्वको रुपमा स्थापित चैते दशैँ मेलाको उद्घाटनका लागि बागलुङ सदरमुकाम आएका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले जिल्ला समन्वय समितिको कार्यालयमा आयोजना गरिएको कार्यालय प्रमुखहरुको बैठकलाई सम्वोधन गर्दै संविधान कार्यान्वयनको सिलसिलामा स्थानिय तहको निर्वाचन हुन लागेको हुदा निर्वाचन हुने कुरामा अव कुनै व्दिबिधा र आशंका नरहेको बताए ।

सबै नेपाली राजनैतिक दलहरु स्थानिय निकायको चुनावमा सहभागी हुनपर्छ,उपप्रधानमन्त्री थापाले भने,निर्वाचन सम्पन्न गर्न सरकार हरसभ्भव प्रयासरत छ ।

२० बर्षपछि हुन लागेको स्थानिय निकायको चुनाव स्वभाविक रुपले सामान्य घटना नभएको चर्चागर्दै उपप्रधानमन्त्री थापाले संविधानमा असन्तुष्टि रहेका र आन्दोलनरत राजनैतिक दलहरुसग“ बार्ता भईरहेको छ, स्थानिय निकायको चुनावमा भाग लिन सक्ने गरि बातावरणको लागि सरकारले प्रयास जारी राखेको बताए ।

संविधानमा व्यवस्था भए बमोजिम स्थानिय तहलाई प्रभावकारी ढगंबाट कार्यान्वय गर्न सक्ने हो भने आगामी दश बर्षमा नेपालमा आमुल परिवर्तन हुने थापाको भनाई थियो । संसारका बिभिन्न देशमा संघियताका बिभिन्न मोडल कार्यान्वय भएको अवस्थामा नेपालमा पनि आवश्यकता र परिवेशलाई आन्मसाथ गर्दै नया“ प्रयोग गर्न खोजेको उनको भनाई थियो ।

देश उन्मुख भईरहेको अवस्थामा केही अन्योल,अस्पष्टता र कतै कतै बिरोधाभासहरु देखा पर्नु अस्वाभाविक मान्न नहुने बताउदै उपप्रधानमन्त्री थापाले भने केही अस्पष्टता र विवाद नगरपालिका,गा“उपालिका र वडाका केन्द्रलाई लिएर देखिएका छन,विवादित बिषयको निराकरण गर्न सरकारले स्पष्ट निति बनाएको छ ।

उपप्रधानमन्त्री थापाले सरकारी कर्मचारीहरु आआफनो क्षेत्रमा उच्च मनोवलका साथ दृढताका साथ क्रियाशील भएर लाग्न आग्रह गर्दै साविकको स्थानिय निकायमा कार्यरत कुनै पनि कर्मचारीले नय“ा व्यवस्थापनमा जादा आफनो सेवा सुरक्षा र बृद्धिविकासबारे चिन्ता लिन नपर्ने गरि उपयुक्त व्यवस्था सरकारले गरेको स्पष्ट पारे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *