समृद्ध बागलुङ निर्माणका लागि सबैमा सकरात्मक सोचको आवश्यकता– सांसद खड्का

सुमन जि.सी. बागलुङ, २०७३ चैत २१ । सांसद चम्पादेवी खड्काले समृद्ध बागलुङ निर्माणका लागि बागलुङबासी सबैले सकरात्मक सोच राख्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।

६० औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी सिवाईसी नेपाल र सिवाईसी साकोस बागलुङको संयुक्त आयोजना तथा मानव सेवा आश्रम नेपालको सहकार्यमा बागलुङ बजारमा आयोजित सकरात्मक जीवनशैली, उत्प्रेरण एवम् अनुभव आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथी सांसद खड्काले सो कुरा बताएकी हुन् । सकारात्मक सोचाई राखी अगाडि वढ्नाले हरेक क्षेत्रमा सफलता मिल्ने धारणा व्यक्त गर्दै सांसद खड्काले हामी सबै एकजुट भएर सबैप्रती राम्रो सोँच अगाडि वढ्न सकेमा बागलुङको समृद्धि धैरै टाढा नरहेको बताईन् ।

संस्थाका सञ्चालक, उपसमिति, सदस्य र कर्मचारीहरुको सोचमा परिवर्तन ल्याई सकरात्मक सोचको विकास गरी सामाजिक तथा संस्थागत विकासमा अग्रसर गराउने, सकारात्मक जीवन जिउने कला प्रदान गर्ने र मानवता र सामाजिक भावना सहितको असल व्यक्ति निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गरिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए । पौडेलले सिवाईसी सामाजिक सुरक्षा तथा मानविय समवेदनामा काम गर्ने संस्था भएकाले मानव सेवा आश्रमसंग सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा मानव सेवा आश्रम नेपालका अध्यक्ष तथा तालिम कार्यक्रमका सहजकर्ता राम्जी अधिकारीले सकरात्मक सोच, खुसी, खुसीका साथ जीवनयापनका लागि सकरात्मक सोचको अपरिहार्यता, सकरात्मक जीवनशैली जिउने कला, तनाब व्यवस्थापन लगाएतका विभिन्न विषयहरुलाई रचनात्मक तरिकाहरुवाट सहभागिहरुलाई बोध गराएका थिए ।

अधिकारीले कोहिपनी भोकै र नाङ्गै रहनु नपर्ने स्थितीको विकास गर्न परिवार तथा आफन्तवाट परित्याग भएर सडक किनारामा वेवारीसे जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय तथा मानसिक असन्तुलनको सिकार भएका व्यक्तिहरुको लागि उचित खाना, नाना र छानाको प्रवन्ध सहितको मानवसेवा आश्रमका माध्यमवाट अवको ९ वर्ष भित्रमा नेपाललाई परिवार र आफन्त गुमाई खुल्ला आकाशमुनी अतीकष्टकर जीवनयापन गर्न विवश व्यक्तिहरुमुक्त राष्ट्रको रुपमा विकास गर्ने परिकल्पना लिएर मानवसेवा आश्रमको टिम अगाडि वढिरहेको बताए ।

बागलुङमा पनी आश्रमको आवश्यकता महशुस भएको कारणले गर्दा यहाँका स्थानीय युवाहरुको सक्रियतामा ८ औं शाखाको रुपमा केहि समय अगाडि आश्रमको स्थापना गरिएको अधिकारीले जानकारी गराए ।

विभिन्न ६ जिल्लाका २५० भन्दा वढिको सहभागिता रहेको कार्यक्रममा सम्पूर्ण शेयर सदस्यहरुको तर्फवाट जनक पौडेल, सिवाईसी साकोसका सल्लाहाकार हरिकृष्ण सुवेदी, सदस्य सेवाकेन्द्र हटियाका पूर्व संयोजक सरस्वती कार्की, शेर सदस्य कृष्ण सापकोटा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सिवाईसी साकोसका उपाध्यक्ष गीतादेवी रेग्मीको स्वागत र सिवाईसी नेपालका सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *