गल्कोटमा विना ईजाजत सुर्तिजन्य पदार्थ बिक्री बितरणमा रोक !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ चैत २१ । करदाता सेवा कार्यालय बागलुङले आईतवार देखि धुम्रपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गल्कोटमा लागू गरेको छ ।

सुर्तिजन्य पदार्थकोे सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै करदाता सेवा कार्यालय बागलुङको संयोजन र बागलुङ उद्योग बाणिज्य संद्य गलकोट ईकाइको आयोजनामा आज एक कार्यक्रमको आयोजना गरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्नका लागी इजाजतपत्र लिनुपर्ने जानकारी गराईएको हो ।

सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिएर सूर्तीजन्य पदार्थको मात्र कारोबार गर्ने छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको करदाता सेवा कार्यालय बागलुङका प्रमुख सुर्य चापागाईले बताए ।

इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना टाँस्नुपर्नेछ ।

अब दैनिक अन्य उपभोग्य वस्तु बिक्री गर्ने स्थानमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन । सोको अनुगमन गर्नका लागि सरकारले हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको छ ।

नयाँ व्यवस्थाका बारेमा प्रचारप्रसार कम भएकाले बिक्री इजाजतपत्र लिनुपर्ने जानकारी धेरैलाई नभएको संघका प्रथम उपाध्यक्ष ढालेन्द्रप्रसाद गौतमले बताए ।

सुर्तिजन्य पर्दाथको बिक्री बितरण गरेको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मने दफा ११ (६) को ब्यबस्था बमोजीम १० हजार रुपैया नगद तथा एक बर्ष कैदको सजाए हुने ब्यबस्था छ ।

कार्यक्रक्रममा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्बमा सुरक्षाकर्मी र सञ्चारकर्मीको नेतुत्वमा नियमित अनुगमन गर्ने जनाकारी गराईएको थियो ।

अन्तरक्रिया कार्यक्रममा ब्यबसायि चिन्तामणि शर्मा, नन्दराज शर्मा, छबिलाल पौडेल, चित्र सलामी टेकनाथ गौतम लगायतले जिज्ञासा राखेका थिए । गलकोट बहुमुखी क्याम्पसको स्मृति कक्षमा सम्पन्न अन्तरक्रिया कार्यक्रम बागलुङ उधोग बाणिज्य संघ गलकोट ईकाई को अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, ईकाईका उपाध्यक्ष ढालीन्द्र प्रसाद गौतमको स्बागत र सचिब हिम बहादुर भण्डारी हेमन्त को सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *