एमालेले अगाडि बढाएका कुरा बुझाउन सके जनताले मत एमालेलाई नै दिन्छन – तिमिल्सिना

बागलुङ, २०७३ चैत २१ । आईतवार सदरमुकाममा सम्पन्न नेकपा एमालेको तेस्रो पूर्ण वैठकलाई सम्वोधन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर ४ का सहसंयोजक गणेश तिमिल्सिनाले एमालेले विगतमा गरेका लोकप्रिय कामहरुको कोशेली लिएर स्थानीय निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाऔं जस्ता लोकप्रिय कार्यक्रमको शुरुवात गरेको एमालेको पछिल्लो सरकारले अगाडि सारेका सकारात्मक कार्यहरुका बारेमा जनतालाई राम्रोसंग बुझाउन सकेमा जनताले मत एमालेलाई नै दिने तिमिल्सिनाको दावी थियो ।

उनले जेष्ठ नागरिकलाई भत्ता, गाउँ विकासका लागि बजेट, दलित, महिला, अपाङ्गता भएकाहरुका हक अधिकारलाई सुनिश्चित गर्नका लागि एमालेले अगाडि बढाएका कुरा बुझाउन सकेमा मात्रै जनतालाई एमालेलाई पहिलो पार्टी बनाउन कुनै कसर नराख्ने बताउदै युवा, विद्यार्थी, महिला लगायत सबै क्षेत्र, लिंग तथा वर्गका जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणको अभियानमा एमालेका कामहरुलाई कोशेलीका रुपमा लिएर जनतामा जान उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज मना केसी र वैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज तिलक महतले स्थानीय निर्वाचनमा एमालेलाई विजयी बनाउनका लागि सम्पूर्ण नेता कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गरेका थिए ।

वैठकले बैशाख ५ गतेसम्म सबै नगरपालिका र गाउँपालिकालाई उमेदवार सिफारिस गर्न आग्रह गर्नुका साथै जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

वैठकले निर्वाचन केन्द्रीत अभियान लगायतका विषयमा निर्णय गर्ने अध्यक्ष इन्द्रलाल सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *