खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत २१ । कालिका भगवती युवा क्लव बागलुङ नगरपालीका ३ ले चैत्राअष्टमीको अवसरमा युवाहरुलाई मनोरञ्जनका साथै जनचेतनामूलक सन्देश प्रवाह पर्ने लक्ष्य राखेको छ ।
यसै सिलसिलामा चैत्र २३ गते पूजा चलचित्र मन्दिर बागलुङमा दिनको ४ बजे चर्चित कलाकार तथा लाईभ बाजाको साथमा सांगीतिक कार्यक्रम गर्ने क्लबका अध्यक्ष सुरज खड्काले बताए ।
कन्सर्टमा कलाकार रविन तामाङ, रविन एन न्यु रेवुलेसन टेम्वुलुईन ईन्सका साथमा बागलुङका सिङदम व्यान,म्याग्दी बेनीको कालरात्री लगाएतको व्यानले सांगीतिक प्रस्तुति राख्ने क्लबले जानकारी दिएको छ ।
कल्वले उक्त कार्यक्रम संचालन गर्नको लागी ५ लाख खर्च लाग्ने अनुमान गरेको छ भने कार्यक्रममा ८ सय टिकट बेच्ने लक्ष्य राखेको छ। टिकट ५ सय र १ हजारका दरले बिक्री गरेको छ।
सुरुवाती चरणमा २ सय टिकट बेचीसकेको क्लबले जानगरी दिएको छ । टिकटबाट खर्च कटाई बचेको रकमको २५ प्रतिशत रम वृद्धाश्रमलाई सहयोग गर्ने जनाएको छ।