ताराखोलामा सहकारी दिवशको अवसरमा सहकारी शिक्षा !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत २१ । ताराखोला बचत तथा ऋिण सहकारी संस्था लिमिटेडले सहकारी दिवशको अवसरमा सहकारी शिक्षा सम्बन्धी शेयर सदस्यलाई १ दिने तालिम तथा प्रशिक्षण संचालन गरेको थियो ।

तालिमाको अवसरमा डण्दपानी कडेल,रामलाल सुवेदी, हुमाकुमारी कडेल, रण बहादुर पाण्डे, भिमा रोका लगाएतले बोलेका थिए। तालिममा ताराखोला गाँउपालिका वडा नम्बर ५का ९० जना शेयर सदस्य सहभागी थिए । ताराखोला बचत तथा ऋिण सहकारी संस्थाका शिक्षा विभागका प्रमुख थम प्रकाश रोकाले तालिम तथा प्रशिक्षण दिएका थिए । तालिममा सहकारी सम्बन्धी विभिन्न ज्ञान दिदै सबैका लागी एक र एक सबैका लागी हुने र साहु महाजनको व्यानको शिकार बन्नु नपर्ने भएकोले सहकारीमा सहभागीहुनु पर्ने बताएका थिए। कार्यक्रम सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद गौचनको अध्यक्षता उपाध्यक्ष नन्दलाल कंडेलको स्वागत र शिक्षा विभाग सदस्य विकेक परियारको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *