Menu

गल्कोटमा सहकारीकर्मीले सहकारी दिवस मनाएनन !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ चैत २१ । ६० औं राष्ट्रिय सहकारी दिवस आइतबार ‘दिगो विकासका लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने नाराका साथ मनाईएको छ । विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

बागलुङ सदरमुकाममा समेत १८ गतदेखि कार्यक्रम सञ्चालन भईरहेको छ । तर गल्कोट क्षेत्रमा सहकारी सम्बन्धि कुनै प्रकारका कार्यक्रम सञ्चालन भएनन । अहिले गल्कोट नगरपालिका र ताराखोला गाउपालिकामा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ६५ सहकारी संस्था दर्ता छन् ।

यसैबिषयमा हामीले डिभिजन सहकारी कार्यालय बागलुङका अध्यक्ष बिष्णुप्रसाद शर्मालाई के सहकारी सम्बन्धि कार्यक्रम सदरमुकाम मात्र आवश्यक हो भनेर सोद्धा डिभिजन सहकारीका अध्यक्ष शर्माले आफुहरु धौलागीरीका सबै जिल्लाहरुमा गएर सहकारी दिवस मनाउन नसक्ने भन्दै आफनो ठाउमा भएका सहकारीहरुले आफै कार्यक्रम गनुपर्ने बताए ।

बागलुङ जिल्लामा सञ्चालन हुने कार्यक्रममा अगुवा सहकारीकर्मिहरुलाई जानकारी गराएको शर्माको भनाई छ । उनले जिल्लामा हुने कार्यक्रममा सहभागी नहुने सहकारीकर्मीहरुले सहकारी सम्बन्धि कार्यक्रम आफनो गाउठाउमै गर्न सकिने बताए ।

गलकोटमा परम्परादेखिनै अर्म, पर्म, ढिकुरी, हुद्दा, गुठी आदी प्रथाहरु प्रचलनमा आएका थिए । तत्कालीन गल्कोटे राजा भरतबम मल्लले २००८ सालमा ग्राम समितिको नामबाट हरिचौरमा धर्म भकारी भन्ने सहकारी स्थापना गरि प्रत्येक वडामा बचत घर निर्माण गराएका थिए ।

सुरुवाती चरणमा प्रति घरधुरी ५ पाथीका दरले कोदो जम्मा गर्ने गरिएको थियो । यसरी नै गलकोटमा सहकारीको स्थापना भएको थियो भन्छन् गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सचिव वीर बहादुर चोखाल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *