Menu

चैत्राअष्टमीमा सालवोटमा भगवती र सूर्यनारायण मन्दिरको प्राण प्रतिष्ठा गरिने !

सुमन जीसी, बागलुङ २०७३ चैत २० । बागलुङ नगरपालिका वडा नं. ९ सालवोटमा रहेको आसापुर्णेश्वर शिवालय महादेव मन्दिर परिसरमा नव निर्मित भगवती मन्दिर र सूर्यनारायण मन्दिरमा चैत्राष्टमी पर्वको अवसर पारी मुर्ति स्थापना तथा प्राण प्रतिष्ठा गरिने भएको छ ।

शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको बैठकले ३ दिने कार्यक्रम तय गरे अनुसार चैत २१ गते भगवती र सुर्यनारायणको मूर्ति लिन विहान ८ बजे १०८ कलस सहित मालढुङ्गा जाने, चैत्र २२ गते विहान ७ बजेवाट पुजा आरम्भ गरी दिनको १ बजे मध्यम र बेलुकी ५ बजे दिप प्रज्वलन तथा साँझ ५ः३० बजे प्रसाद ग्रहण र चैत्र २३ गते सुर्यनारायण र भगवतीको नेत्र उन्मुलन सहित प्राण प्रतिष्ठा, रामनवमीको पुजा उत्सव होम पाठ परायण गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

बागलुङ बजारवाट थौरै दुरीमा रहेको झोलुङ्गे पुल पार गरे पश्चात आउने मन्दिरलाई व्यवस्थित एवं पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि मन्दिर परिसरमा १ सय ८ पिपलका विरुवा रोपीएको छ ।

मन्दिरलाई अझै व्यवस्थीत गर्नका लागि मन्दिर परिसरमा विवाह मण्डप, १ सय ८ शिवलिङ्ग निर्माण, कार्यालयको व्यवस्थापन, पुल देखी मन्दिरसम्म जाने बाटोमा सिढी चिन्ने र बागलुङ बजार वासीले प्रयोग गर्दै आईरहेको त्यहाँको शुद्ध पिउने पानीलाई धारा बनाई व्यवस्थापन गर्ने योजना रहेको समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *