ताराखोला गाउपालिका र गल्कोट नगरपालिकामा काँग्रेसको चुनावी कार्यक्रम !

गल्कोट २०७३ चैत २० । नेपाली काग्रेसले शनिवार ताराखोला गाउपालिका र गल्कोट नगरापलिकामा चुनावी अभियान सम्पन्न गरेको छ ।

ताराखोलामा भएको कार्यक्रममा बोल्दै नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले स्थानिय निकायको चुनावमा जिल्लामा रहेको नगरपालिका र गाउपालिकामा नेपाली काग्रेसलाई जिताउन सबै एक हुनुपर्ने बताउदै विकास र अन्य गतिविधिमा नेपाली काग्रेसले नागरिकलाई साथ दिदै आएकाले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

कार्यक्रममा महासमिति सदस्य अम्मरबहादुर कार्की, दण्डपाणी कडेल, हरि आचार्य, पदम पुन, खिमानन्द पौडेलले पनि मन्तव्य दिएका थिए ।

गाउपालिका समन्य समितिका अध्यक्ष कमलापती पाठकको अध्यक्षता, काजीमान कलाधरको स्वागत र कर्णबहादुर कार्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरि गल्कोट नगरापालिकामा भएको कार्यक्रममा नेपाली काग्रेसका पुर्व सभापति मणिभद्र शर्मा कडेल, क्षेत्रीय सभापति चिरञ्जिवी गौतम,क्षेत्र नम्बर ३ का सभापति दोर्ण कुवर, झम खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

नगर समन्वय समितिका सभापति नारायणध्वज मल्लाको अध्यक्षता, यज्ञप्रसाद सापकोटाको स्वागत र वीरजगं भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरि नेपाली काग्रेस क्षेत्र न १ को आयोजनामा नरेठाटीमा भएको कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सभापति थापाले अहिले जुझारु र सक्षम पार्टी नेपाली काग्रेस भएकोले आम नागरिकले स्थानिय निकायमा थप पहिचान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा पुर्व पार्टि सभापति मणिभद्र शर्मा कडेल, जिल्ला कोषाध्यक्ष उमेश गौतम, क्षेत्र नम्बर ३ का सभापति द्रोण कुवर, नेपाल बिद्यार्थी सघंका अध्यक्ष खड्क थापा, हरिचौरका सभापति नारायणध्वज मल्ल, दुदिलाटिका सभापति हेमबहादुर खड्का, दुर्गा भण्डारीले मन्तव्य राखेका थिए ।

कार्यक्रम क्षेत्र न १ का सभापति चिरञ्जिवी गौतमको अध्यक्षता, यम श्रीसको स्वागत र हेमन्त भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *